नेपाली कांग्रेस मुसिकोट नगरपालिकाले युवा नेता भुषाललाई सम्मान गर्यो



गुल्मी – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता दामोदर भुषाललाई नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिद्वारा एक कार्यक्रमका बीच सम्मान गरेको छ। १०६ औ बिपि जयन्ती कार्यक्रममा प्रमूख अतिथिको रुपमा मुसिकोट पुगेका थिए । नेता भुषाललाई विद्याभुषण “क” अर्थात पीएचडी गरेबापत सम्मानित भएका हुन् ।

उनीे चीनको पेकिङ्ग विश्वविद्यालयवाट विद्यावारिधी गर्ने पहिलो व्याचको पहिलो नेपाली हुन् । उनले नेपालमा उद्यमशीलता विकासमा विप्रेषणको भूमिका विषयमा सोध गरेका छन् । नेता भुषालले यसअघि नै त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् ।


नेता भुसाल मुसिकोट नगरपालिका वडा नम्बर १ पौदिअरेवा जन्मेर राजनीतिलाई पवित्र कार्य ठान्ने नेता भुषाल परिवारमा राजनीतिमा तेस्रो पुस्ताका प्रतिनिधि पात्र हुन् ।

पछिल्लो समयमा उनि राजनैतिक संग्संगै युवाहरुको उद्यमशिलतामा जोड दिदै सामाजिक कार्यमा सक्रिय रहेका छन् । उनि भन्छन – राजनैतिक गर्ने नेताहरु चन्दा एबम अनुदानमा नभुली जोड दिन जोड गरे ।

 

उनि भन्छन कोरा राजनीति गर्नेले समाज परिबर्तन हुदैन भन्दै नेतृत्वमा बस्ने नेता इमान्दार एबम उद्यमशील हुन जरुरी छ भन्ने कुरामा जोड दिए ।

विद्यार्थी जीवनमा भुषाल सधै चर्चामा रहिरहे । उनी क्याम्पसमा अध्यन गर्दा काठमाडौ शिक्षा क्याम्पसको स्ववियु सभापति बनेका थिए । नेविसंघको विदेश विभाग प्रमुख रहदाँ नेता भुषालले शिक्षालाई शान्ति क्षेत्र कायम गराउने र विद्यार्थीको अधिकार स्थापित गराउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा परेका छन् । मुलधारको राजनीतिमा नेपाली कांग्रेस गुल्मीको क्षेत्रिय सभापतिको जिम्मेवारी निर्वाह गर्दा नेता भुषालले गरेका कामहरु अहिले पनि स्मरणीय छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्