रेशम कुँवर
गुल्मी, भदौ २४ / १०६ औँ बि.पि. जयन्ती तथा नेपाली कांग्रेसले सन्चालन गरेको दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको पहिलो दिनको अबसरमा गुल्मीको क्षेत्र न.२ `क´ को इश्मा गाउपालिका -६ अम्मरपुरमा सम्पन्न कार्यक्रम भएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ,केन्द्रिय प्रतिनिधि नेपाल भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष धन बहादुर मास्के रानाले कार्यक्रमको संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियोे । कार्यक्रममा पी को १०६ औँ बि.पि.जयन्तीको अबसरमा हिमा स्मृति कोष परिसर तथा अन्य सार्वजनिक स्थानमा १०६ बिरूवा रोपिएको थियोे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले दुई तिहाइको कम्युनिस्टको बर्तमान सरकारले जनतामा निराशा बाहेक केहि दिन नसकेको आरोप लगाउनु भयो।सभापति श्रेष्ठले स्थानीय,प्रदेश र संघीय सरकारबाट भएको आर्थिक अनियमितता,भ्रष्टाचार,अन्याय र अत्याचारका विरुद्ध अझ शशक्त रूपमा लाग्न र सरकारले ल्याएको जनताको अधिकार कुण्ठित गर्ने बिधेयक खारेजी र संसोधनका लागि दबाब शृजना गर्न दोस्रो चरणको जागरण अभियानले महत्त्वपूर्ण सहयोग पुग्ने भएकोले सबै एकजुट भएर अभियानमा लाग्न उक्त कार्यक्रममा उपस्थित २१वडाका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियोे ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भगवत सिंह खड्काको अध्यक्षता केन्द्रिय प्रतिनिधि धन बहादुर मास्के रानाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य थमन बहादुर के.सि,पुर्व क्षेत्रीय सचिव ढाल बहादुर कुवर,मुसिकोट नगरपालिकाका संयोजक सुदर्शन शाक्य,रेसुङा नगरपालिकाका उपसभापति उदय थापा ,नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवर, नेपाल सैनिक संघ नवलपरासीका सचीव लेखनाथ तिवारी,रेसुङा नगरपालिकाका सचीव अनिल बस्नेत,इश्मा जागरण कार्यदलका संयोजक कृष्ण रिजाल र वडा सभापतिहरु चुरा बहादुर खत्री ,रामप्रसाद पन्थ,मान बहादुर दर्लामी,घनश्याम क्षेत्री,केशवराज कुवर लगायतका बक्ताहरुले संगठन विकासका लागि पार्टी नेतृत्वले आगामी दिनमा खेल्नुपर्ने भुमिका र स्थानीय तहमा भएका समसामयिक बिषयमा बिचार र सुझाव पेश गर्नुभएको थियोे ।
क्षेत्रीय सचिव पुर्ण के.सि.ले सन्चालन गरेको कार्यक्रममा भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य नर बहादुर अर्याल,नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष किरण कुवर,नेपाल किसान संघका जिल्ला सदस्य कृष्ण बहादुर थापा,नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति रेशम कुवर,वडा समितिका पदाधिकारी,सदस्य ,भातृ तथा सुभेच्छुक सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेकोे थियोे ।
भेलाले १५ दिनसम्म सन्चालन हुने कार्यक्रमहरूको कार्ययोजना समेत निर्माण गरेको छ ।
यसैगरी यो अभियान अन्तरगत गुल्मी जिल्लाका मदाने गाउपालिकाको पुर्कोट दह,छत्रकोट गाउपालिकाको पल्लिकोट र सत्यवती गाउपालिकाको लिम्घाबाट शुभराम्भ गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।