अधिकार विमुख ,अधिकार सम्पन समुदाय



गिरिराज नेपाली
दाङ ९ असोज
जातकै आधारमा यदि कसैले कसैमाथि छुवाछुत र अन्याय गर्छ भने त्यो कानुनी विरपरित ठहरीने छ भनि , कानुनले उल्लेख छ । तर अझै पनि दलितहरु माथि जातकै आधारमा अन्याय र कतिथ आरोपका घटनाहरु थुप्रै भेटिन्छन । दलितहरु लाई संविधानले जातिय अधिकार दियो । तर अधिकारले न्याय दिन नसक्दा आफुहरुमाथि थप पिडा थपिएको घोराही १६ सेवारखोलाकी रन्जिता वादीले गुनासो गरिन । 

दलित महिला संघले सोमवार घोराहीमा आयोजना गरेको ‘समग्र विकासको अवरोध जातिय तथा लैगिक विभेद ’ विषेयक कार्यक्रममा वादीले ‘ कानुनले दलित भनेर सम्मान गरे पनि समुदायले दलित भनेर अझै सम्मान गर्न नसक्दा आफु लाई थप पिडा हुने गर्छ । ’ मुलुकमा लोकतन्त्र आईसक्यो , जातिय भेदभाव लाई कानुनले निषेध गरिसकेको छ । तर समुदायले उक्त भेदभाव लाई निषेध गर्न नसक्दा आफुहरु अझै जातिय भेदभाव र छुवाछुतको शिकार हुनु पर्ने वाध्य भएको उनले वताईन ।

कानुनले निषेध गरेको कुरा व्यावहारमा पनि निषेध भए दलित समुदाय जातिय समानताको सामाजिक न्याय पाउन सक्थ्यौ । तर त्यो हाल सम्म पनि सम्भव देखिएको छैन । उनले भनिन – अधिकार पायौ , अधिकार कार्यन्वयन हुन नसक्दा दलित समुदायहरुले अझै जातिय अन्याय र विभेदको शिकार हुन वाध्य छौ । ’ दलित समुदाय मध्येकै अझै पछि परिहेका वादी र गन्र्दभ जातीहरु लाई अझै झन समुदायले हेर्ने नजर नै फरक छ ।

आर्थिक , सामाजिक , राजनितिक र शैक्षिक पक्षमा परिहेका हामी वादी र गन्दर्भ जातीहरुको उत्थानको लागि राज्यले थुप्रै प्रयास गरे पनि समुदायले हाम्रो उत्थान सकारात्मक सोचको विकास गर्न नसक्दा दलित समुदायका वादीख र गन्र्दभ जातीहरु राज्यको मात्रै होईन सामाजिक मुलधारमा पनि आउन नसकेको उनले वताईन । कानुनले व्यावस्था गरेको संवैधानिक अधिकारहरु कार्यन्वयन हुन नसक्दा दलित समुदाय संगै पछि परिरहेका वादी र गन्दर्भ जातिहरु अझै पछि परिरहेको गुनासो गरिन ।

दलित समुदायका वालवालिकहरुको शैक्षिक विकासका लागि राज्यले छात्रवृत्ति सहितको निशुल्क शिक्षाको व्यावस्था गरिएको छ । तर त्यो व्यावस्थाले हाम्रो छोराछोरीहरु लाई छुन सकेको छैन । विहानको मजदुरीले दिउसोको पढाई चलाउदै छन । जोत्ने जग्गा छैन , वस्ने वाँस सरकार वनाईदिएको छ । खाने गाँसको जोहो मजदुरीले गर्नु परेको छ । हामीले पाएका र व्यावस्था भएका अधिकारहरु कागजमै सिमित छन । अधिकार भए पनि व्यावहारमा पाउन नसक्दा दलित समुदायको दुख र कष्ट अझै उनै हुन भन्दै उनले गुनासो गरिन ।

राज्यले कानुन दिए पनि व्यावहारमा न्याय दिन नसक्दा दलित समुदायले जघन्य अपराधको बोक्सीको आरोप सम्म सहन वाध्य भएका छौ । राज्यले कानुनले अधिकार दिए पनि समाजले सामाजिक न्याय दिन नसक्दा दलितहरु जातिय अन्याय र बोक्सीको आरोप सम्म सहनु परेको भन्दै त्यो व्यावहारको अव अन्त्य हुनुपर्ने दलित अधिकारकर्मि एंव नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीले वताए ।

समाजको दलित समुदाय माथिको सोच परिवर्तन हुन नसक्दा समुदायले अन्याय खेप्नु परेको वताए । उनले भने – ‘वर्गिय अधिकार सम्पन्न दलित समुदाय जातिय विभेद पर्ने गरेका छौ ।’ दलित समुदायको अधिकारका लागि गैरदलितहरु सकारात्मक सोचको विकास गरी जातिय सदभाव कायमका लागि काम गर्ने हो भने दलित समुदायले जायित विभेद र अन्यायको शिकार वाट मुक्त हुन सक्ने थियौ ।

जातिय अन्याय र थिचोमिचो परेका न्यायमा पहुच नहुदा पनि न्याय वाट विमुख भएको उनले वताए । न्यायका लागि न्यायलय पुग्दा सम्म पनि पिडितहरुका लागि न्याय मंहगो बन्दा पनि पिडितहरुले न्याय वाट विमुख हुनु परेको वताए ।
कानुनले निषेधन गरे पनि व्यावहारमा विभेद अझै कायम रहेकाले जातिय सम्मान सहितको अधिकार सम्पन्न अनुभुती दलित समुदायले अझै गर्न नपाएको उनले वताए । जातिय विभेदमा परेको पिडितहरु
दलित महिला संघको अध्यक्ष युवा करारा अध्यक्ष एंव जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठ र घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीको विशिष्टमा कार्यक्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपालीले शैक्षिक र आर्थिक पछि परिरहेका दलित समुदाय लाई शैक्षिक र आर्थिक रुपमा सक्षम गराउन सकेमा मात्रै जातिय विभेदको अन्त्य हुन सक्ने वताए ।
कार्यक्रममा पत्रकार गिरिराज नेपाली , नविन अभिलाषी ,आजात खडका , मानव अधिकारकर्मि केशव कुमार शर्मा , महिला अधिकार हुमा डिसी लगाएतले धारणा राखेका थिए । दलित महिला संघका कार्यक्रम निर्देशन पोषण सेन्चुरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण दलित महिला संघका सन्तोष चनराले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्