गायिका ओलीको एमाले नेतालाई आग्रह नआउँदा सम्म आउ आउ ,आईसके लखेट्ने काम नगर्नु होला



सैघाली खबर

दाङ,९ असोज । गायिका एवं सञ्चारकर्मी कोमल ओली आफ्ना कार्यकर्ताहरु लिएर नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । उहाँ संगै काग्रेस दाङका नेता एवं प्रतिष्ठित व्यापारी वलिभद्र राणा र डिल्लीबहादुर खड्का पनि एमालेमा प्रवेश गर्नु भएको हो । नवप्रबेशीहरुलाई नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, स्थायी कमिटि सदस्य शंकर पोख्रेल लगाएतले अविर, फूल माला तथा खादा ओढाएर स्वागत तथा सम्मान गर्नुभएको थियो ।

 

गायिका कोमल ओली भाकुब हुदै यस्तो भन्नुभयो

गायिका कोमल ओलीले आफु कुनै सर्त अनुसार एमालेमा प्रबेश नगरेको बताउनुभयो । पार्टी प्रबेश गर्दै ओलीले नआउँदा सम्म आउ आउ र आईसके पछि लखेट्ने काम नगर्नु होला ओलीले एमाले नेतालाई आग्रह गर्नुभयो ।पार्टीको निति, विचार र सिद्धान्तमा रहेर काम गर्ने भन्दै उहाले पार्टीमा लामो समय देखि काम गर्दै आएका नेताहरुलाई सधै सम्मान गर्ने बताउनुभयो । मनमा कहिल्यै पनि बैरभाव नलिने भन्दै उहाले अगाडी आमुन्ने सामुन्ने घात गर्न तर अन्र्तघात नगर्न उहाले सबैलाई आग्रह गर्नुभयो । नेतृ ओलीले आफूले केहि पाउनको लागि एमालेमा प्रबेश नगरेको बताउनुभयो । रेडियो नेपालको जागिर र लोकसंगीतको क्षेत्रमा आफुले गरेको कामको आधारमा कमाएको आफ्नो नाम नै काफि रहेको भन्दै गायिका ओलीले आफु सधै कार्यकर्ता भएर अग्रज नेताहरुको सारथीको रुपमा काम गर्ने बताउनुभयो । कसैलाई चिन्ता नगर्न आग्रह गर्दै ओलीले एमालेमा लामो समय काम गर्ने नेताहरु रहेको र त्यो कुरा आफुले बुझेकाले आफु सारथी मात्रै बन्ने बताउनुभयो ।


गुटउपगुट र फुटको राजनिती आफुले नगर्ने बरु जुटको राजनीती गर्ने बताउदै ओलीले आफु विश्वविद्यालयबाट ठुलो विश्वविद्यालयमा आउदाको महसुस गरेको समते उहाले भन्नुभयो । आफू एमालेमा प्रबेश गर्दा सबैको सल्लाह लिएर र आफुले निर्णय गरेर आएको भन्दै सम्पुर्ण सञ्चारकर्मीहरुलाई सकारात्मक समाचार सम्प्रेरण गरेको प्रति धन्यबाद समेत दिनुभयो ।

नेपाली काँग्रेस पार्टी परित्याग नेकपा एमालेमा प्रबेश गरेका बलिभद्र राणाले काँग्रेस,माओबादी मिलेर आए पनि अब आउने संघ र प्रदेशको निर्वाचन जित्ने आधार तयार भएको वताउनुयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब नेकपा एमाले पहिलो पार्टी हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले देशको विकास, समृद्धि र परिवर्तन अब एमालेबाट मात्रै सम्भब रहेको उहाको भनाई छ । नेपालमा लोकतन्त्रको विकासका लागि नेकपा एमालेले खेलेको भुमिका प्रति अहिले आएर जनताहरु स्पष्ट हुन थालेको उहाले बताउनुभयो

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्