काठमाडौं भाद्र २७
लामो समयको प्रकृयागत प्रयास पछि नेपालको क्रिकेट निलम्बन फुकुवाको नजिक पुगेको प्रकृया लाई रोक्न लागेको भन्दै दाङ जिल्ला क्रिकेट संघले गम्भिर आपत्ति जनाएको छ् ।
दाङ जिल्ला क्रीकेट संघ का अध्यक्ष प्रदिप मजगैया द्वरा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ “क्रिकेटको दीर्घकालिन समस्याको निकास निकाल्ने समयमा सबै पक्षले सकारात्मक योगदान गर्नुपर्नेमा पुन बिबदित कृयाकलाप गरी क्रिकेट निकासको बाटो नरोक्न सबै पक्ष लाई हामी सचेत गर्दछौ” ।
” स्वतंत्र टोलीको निर्धारित कार्यक्रम अनुसार सबै प्रक्रिया अगडी बढे आगामी अक्टोबरमा आइसिसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा हुने सम्भावना भएकोले कसैले पनि यो प्रकृयामा बधाक नबन्न हामी आह्वन गर्दछौ” प्रेस बिज्ञप्तीमा भनिएको छ।
सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले २०७२ वैशाखमा निलम्बनमा राखेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनका लागि असोज ३ र ४ गतेका लागि स्वतन्त्र समूहले आह्वान गरेको साधारणसभा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नियमसंगत नभएको भन्दै रोक्न निर्देशन दिएको छ।
आइसिसी, राखेप, क्यानको निर्वाचित कमिटी र अन्य सरोकारवालासमेतको सहमतिमा २०७४ जेठमा जिल्ला र प्रदेश हुँदै क्यानको केन्द्रिय निर्वाचन गरी नयाँ नेतृत्वलाई क्रिकेट प्रशासनको बागडोर सुम्पिने रोडम्यापसहित स्वतन्त्र समूह गठन गरिएको थियो।स्वतन्त्र समूहमा आइसिसीका तर्फबाट तीन, राखेपका तर्फबाट एक तथा निर्वाचित क्यानका तर्फबाट एक जना चयन गरिएको थियो। राखेपले आफ्ना प्रतिनिधिका रुपमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री तथा निर्वाचित क्यानले ठाकुरप्रताप थापालाई स्वतन्त्र टोलीमा पठाएको थियो।
स्वतन्त्र समूहले जिल्ला प्रदेशको चुनाब सम्पन्न गरि केन्द्रको चुनाबको लागी बुधबार राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गर्दै असोज ३ र ४ गतेका लागि साधारणसभा बोलाएको थियो। जसलाई राखेप नेतृत्वले मान्यता दिएको छैन। कुनै पनि राष्ट्रिय संघको निर्वाचनका लागि सुरुमा राखेपको स्विकृति लिनुपर्ने र साधारण सदस्यलाई पनि २१ दिनको सुचना दिनुपर्ने भन्दै स्वतन्त्र समूहले बुधबार जारी गरेको सुचना काम नलाग्ने राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले बताएका छन्।
बिबाद र प्रक्रिया सम्बन्धी मुख्य क्रीकेटका घटनाहरु
– २०६८ कात्तिकमा राखेपले विनयराज पाण्डेको अध्यक्षतामा रहेको क्यान पुर्नगठन गरी आङबुहाङ नेतृत्वमा नयाँ समिति बनाएको
– २०६८ पुस २ मा चितवनमा भएको पहिलो निर्वाचनले आङबुहाङ नेतृत्वमा कार्यसमिति चयन
– २०७१ जेठ २५ मा अख्तियारले अध्यक्ष आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्यालसहित १० पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर
– २०७१ कात्तिक २० मा विनयराज पाण्डेको अध्यक्षतामा युवा तथा खेलकुद मन्त्रालयले तीन सदस्यीय कमिटी गठन गरेको। उपाध्यक्षमा श्रीहर्ष कोइराला तथा महासचिव रमेश सिलवाल नियुक्त
– २०७२ कात्तिक २० मा विशेष अदालतबाट क्यान अध्यक्ष र महासचिव लगायतका अभियुक्तलाई सफाई
– आइसिसीले २०७२ कात्तिक २२ मा क्यानलाई आर्थिक पारदर्सिता र प्रशासनिक चुस्तता नअपनाएसम्म रोकिँदै आएको ग्रान्ट नपठाउने बताएको
– २०७२ मंसिर ६ मा क्यान वैठकले २८ र २९ मा साधारणसभा गर्ने निर्णय
– २०७२ मंसिर ६ मै सदस्यलाई पत्राचार
– २०७२ मंसिर ७ मा राखेपसँग निर्वाचन समिति माग
– २०७२ मंसिर २८ र २९ मा साधारणसभा
– २०७२ मंसिर २८ मध्यरातमा चन्द नेतृत्वको कमिटी चयन
– २०७२ पुस ६ मा राखेपबाट क्यानकी सिइओ भावना घिमिरेलाई जिम्मेवारी प्रदान
– २०७२ पुस २४ मा राखेपबाट रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिती घोषणा
– २०७३ वैशाख १३ मा सरकारी हस्तक्षेपको कारण देखाउँदै आइसिसीबाट नेपाली क्रिकेटमाथि निलम्बनको निर्णय
– २०७३ भदौ १९ गते नेपाल सरकार र आइसिसी क्यान विवाद समाधानका लागि सबै सरोकारवालाहरु समेटेर सात सदस्यीय सल्लाहकार समिति गठन गर्न सहमत
– २०७४ जेठ २४ मा सल्लाहकार समितिले बनाएको विधानअनुसार जिल्ला, प्रदेश हुँदै केन्द्रको निर्वाचन गर्ने रोडम्यापसहित पाँच सदस्यीय स्वतन्त्र समूह गठन
– जिल र प्रदेश निर्वाचन सम्पन्न
– २०७६ साल असोज ३ र ४ गतेका दिन केन्द्रिय चुनाव घोषणा
– राखेप ले प्रकृया नमिलेको भन्दै पुन चुनाव रोक्न निर्देशन २०७६ भादौ २४
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।