चार स्थानको नतिजा आउन बाँकी



सैघाली खबर
काठमाडौं, १० असोज


प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव अन्तर्गत १ सय ३६ मध्ये १ सय ३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसले ३८, नेकपा (एमाले) १८, माओवादी केन्द्र २१ तहमा विजयी भएको छ भने राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।

जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३८ वडाको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । नतिजा आउन बाँकी पर्साको वीरगंज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका, बारागढी गाउँपालिका र सप्तरीको राजविराज नगरपालिकामा मतगणना चलिरहेको छ ।

वीरगञ्ज महानगरमा संघिय समाजवादी फोरमको अग्रता रहेको छ भने कलैया उपमहानगरपालिकामा एमालेको अग्रता छ । बाराको बारागढी गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता छ । राजविराज नगरपालिकाको मेयरमा माओवादी केन्द्र अगाडी रहेको छ । अब ४ स्थानीय तह र १९ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्