चिकित्सकको आन्दोलनले बिरामी मर्कामा



सैघाली खबर
काठमाडौं, १० असोज

सरकारले माग पुरा नगरेको भन्दै चिकित्सकहरुले आन्दोलन गरेपछि बिरामी मर्कामा परेका छन् । देशभरीका अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द छन् ।

अस्पतालमा भर्ना भएका बिरामीको समेत उपचार प्रभावित भएको छ । सरकारले लापरबाहीले बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने निर्णय गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्य सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई सरकारले आग्रह गरेको छ ।

हिजो बसेको मन्त्री परिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने आश्वासन दिंदै स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता,सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । सरकारले यही असोज २ गते चिकित्सकको चरम लापरवाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्