मुख्य समाचार

डा. केसी फेरि आमरण अनसनमा

By थाहा अनलाइन

September 26, 2017

सैघाली खबर काठमाडौं, १० असोज

त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले पाँच सूत्रीय माग राखी फेरि आमरण अनशन शुरु गर्नुभएको छ । हिजो पत्रकार सम्मेलन गरी डा. केसीले आफ्नो १२ औँ अनशन शुरु गर्नुभएको हो । उहाँका मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौं विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने लगायत रहेका छन् ।