मुख्य समाचार

एमाले स्थायी समितिको बैठक बस्दै

By थाहा अनलाइन

September 26, 2017

सैघाली खबर काठमाडौं, १० असोज

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गर्दैछ ।

आज बस्ने स्थायी समितिको बैठकले मापदण्ड बनाउनेछ । यसअघि एमालेले पार्टीतर्फको उम्मेदवारहरूको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

आज दिउँसो बस्ने स्थायी समिति बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गर्ने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उम्मेदवारको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजनाका विषयमा बैठकमा छलफल हुनेछ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुने उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइसकेको छ ।