दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीको सहभागिता मुल नाराको साथ स्थापन भएको यस दलित एकता संजाल साउदीले धेरै गरिब दुखीहरुको घाउमा मलाम लगाउने काम गर्दै आएको छ ।
दलित एकता संजाल नेपाल , क्षेत्रीय समिती रियादका अध्यक्ष किशान बिस्वकर्माको पहलमा एक दिने अभियान गरेर अर्घाखाँची मालारानी गा.पा वडा न स् १ घर बस्ने १८ बर्षिय दुबै मृगौला फेल प्रकाश बि कलाई छयासी हजार सात सय सतासी ८६७८७ रुपैया लोकप्रिय कार्यक्रम इन्द्रेणीमार्फत सहयोग हस्तान्तरण गरेका छन् ।
बिगत ८ महिना देखि दुबै मिर्गौला फेल भएर डाइलसिस गर्दै आएका प्रकाश बिकको आर्थिक अभावको निकै समस्या भएको हुँदा डाइलसिस गर्न समेत नसकेको अबस्था रहेको थियोे ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।