अमेरिकाले आफ्नो देश विरुद्ध युद्ध छडेको उत्तर कोरियाको आरोप



सैघाली खबर
काठमाडौं, १० असोज

उत्तर कोरियाले अमेरिकाले आफ्नो देश विरुद्ध युद्ध छडेको आरोप लगाएको छ । कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाउनुभयो । उहाँले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको दावी गर्नुभयोे ।उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उहाँको भनाई थियो ।तर ह्वाइट हाउसले भने उत्तर कोरियाको टिप्पणीलाई बकबास भनेको छ ।उत्तर कोरियाले उक्साउने काम रोक्न अमेरिकाले चेतावनी दिएको छ ।उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परिक्षण पछि अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध चरमस्थितिमा पुगेको छ । अमेरिकाले आफ्नो देशमा प्रतिवन्ध समेत लगाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्