ईण्डीयन आर्मी बन्न ईच्छुकहरुका लागि सहयोगी पुस्तक विमोचन



 

सैघाली खबर
दाङ,१० असोज


ईण्डीयन आर्मी बन्न ईच्छुकहरुकालागि सहयोगी पुस्तक दाङमा विमोचन गरिएको छ । कृष्णदेव थापाले तयार पारेको ईण्डीयन आर्मी बन्नकालागि सहयोगी पुस्तक ‘मिलेट्री सक्सेज’ नामक पुस्तकको आज मंगलवार एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।
पुस्तकको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले विमोचन गर्नुभएको हो । लोटर्स ट्रेनिङ सेन्टर घोराहीले प्रकाशन गरेको पुस्तकमा ईण्डीयन आर्मी बन्नकालागि आवश्यक सम्पूर्ण विषय समेटिएको छ । जिआरडी नयाँ पाठ्यक्रममा आधारित पुस्तकमा सामान्य गणित, सामान्य विज्ञान, सामान्य ज्ञान, तार्किक तर्क र नमुना प्रश्नपत्र समेटिएको छ । एक दशकदेखी शिक्षण पेशामा रहनुभएका थापाले ५ वर्षदेखी घोराहीमा रहेको लोटर्स ट्रेनिङ सेन्टरमा अध्यापन गराउदै आउनुभएको छ ।
पुस्तकको विमोचन गर्दै प्रमुख अथिति नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले यस क्षेत्रमा पहिलोपटक प्रकाशन भएको यस पुस्तकले युवाहरुलाई ईण्डीयन आर्मी बन्नकालागि सहजिकरण गर्ने बताउनुभयो । साथै यस पुस्तकको माध्यमबाट धेरै युवाहरु लाहुरे बन्न सफल हुने पनि विश्वास व्यक्त गर्नुभयो । प्रीयासनले लामो समयसम्म लोटर्स ट्रेनिङ सेन्टरमा अध्यापन गराईरहनुभएका थापाले लामो अनुभवका आधारमा पुस्ताक प्रकाशन गरेकाले उत्कृष्ट भएको बनाउनुभयो ।
लोटर्स ट्रेनिङ सेन्टर सेन्टरका सञ्चालक बलबहादुर पुनको अध्यक्षता नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक कृष्णदेव थापाले पुस्तकबारे जानकारी गराउनुभएको थियो । शिक्षक लेखराज थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सन्तोष थापाले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्