मुख्य समाचार

ईण्डीयन आर्मी बन्न ईच्छुकहरुका लागि सहयोगी पुस्तक विमोचन

By थाहा अनलाइन

September 26, 2017

 

सैघाली खबर दाङ,१० असोज

ईण्डीयन आर्मी बन्न ईच्छुकहरुकालागि सहयोगी पुस्तक दाङमा विमोचन गरिएको छ । कृष्णदेव थापाले तयार पारेको ईण्डीयन आर्मी बन्नकालागि सहयोगी पुस्तक ‘मिलेट्री सक्सेज’ नामक पुस्तकको आज मंगलवार एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो । पुस्तकको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले विमोचन गर्नुभएको हो । लोटर्स ट्रेनिङ सेन्टर घोराहीले प्रकाशन गरेको पुस्तकमा ईण्डीयन आर्मी बन्नकालागि आवश्यक सम्पूर्ण विषय समेटिएको छ । जिआरडी नयाँ पाठ्यक्रममा आधारित पुस्तकमा सामान्य गणित, सामान्य विज्ञान, सामान्य ज्ञान, तार्किक तर्क र नमुना प्रश्नपत्र समेटिएको छ । एक दशकदेखी शिक्षण पेशामा रहनुभएका थापाले ५ वर्षदेखी घोराहीमा रहेको लोटर्स ट्रेनिङ सेन्टरमा अध्यापन गराउदै आउनुभएको छ । पुस्तकको विमोचन गर्दै प्रमुख अथिति नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले यस क्षेत्रमा पहिलोपटक प्रकाशन भएको यस पुस्तकले युवाहरुलाई ईण्डीयन आर्मी बन्नकालागि सहजिकरण गर्ने बताउनुभयो । साथै यस पुस्तकको माध्यमबाट धेरै युवाहरु लाहुरे बन्न सफल हुने पनि विश्वास व्यक्त गर्नुभयो । प्रीयासनले लामो समयसम्म लोटर्स ट्रेनिङ सेन्टरमा अध्यापन गराईरहनुभएका थापाले लामो अनुभवका आधारमा पुस्ताक प्रकाशन गरेकाले उत्कृष्ट भएको बनाउनुभयो । लोटर्स ट्रेनिङ सेन्टर सेन्टरका सञ्चालक बलबहादुर पुनको अध्यक्षता नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक कृष्णदेव थापाले पुस्तकबारे जानकारी गराउनुभएको थियो । शिक्षक लेखराज थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सन्तोष थापाले गर्नुभएको थियो ।