जब राज्यसत्ता मजबुत हुन्छ तब कमजोरको आवज बिलिन हुन्छ- माननीय निरा जैरु



काठमाडौ माननीय सांसद तथा राज्यको निर्देशक सिद्धान्त ,नीति र दायित्वको कार्यान्वयन ,अनुगमन तथा मुल्यांकन समितीको सभापति निरा जैरुले दलित सेवा संघले आयोजना गरेको दलित अधिकारका पक्षमा बनेका संविधान , कानुन र नितिगत ब्यबस्थाहरु कार्यन्वयनको अबस्था र सरोकारवालाहरुको भुमिका विषयक ( नितिगत संवाद ) कार्यक्रमलाई सम्बोधन गर्दै राजनीति बिरासतमा चल्न लागेको र राजनीति यो मेरो मैले आर्जेको सम्पत्ति हो यो भोलि मेरो छोराले , बुहारीले , नातीले सबैले पाउनु पर्छ भन्ने गराइएको छ र यसलाई गम्भीरबरूपमा लिएर बौद्धिक ब्यक्तित्वले छ्लफल गर्नु पर्छ ।

स्थानीय तबरबाट आएका दलित जनप्रतिनिधि महिलाहरूलाई एजेन्डा के हो? भनी गाउँमा – गाउँमा गएर सिकाइदिन जरुरी छ । कतिपय ठाउँमा उपाध्यक्ष , उपमेयर जितेका छन न्यायिक समितिमा दलितको एजेन्डा पर्छ कि पर्दैन ? देश भरी ७५३ ओटा योजनाहरु मेयरहरुले गाउँ पालिकामा ल्याउदा बाटो काटने बिकास र अरु योजना ल्याउदा कहि कतै भुमिहिन दलितको विषयमा योजना छैन ।

 

संविधान ल्याउदा दलित समुदायले योगदान गरेको छौ र यहि सबिधानलाइ टेकेर अब बाकी अधिकारको लागि बहस गर्न पर्छ । राज्यसत्ता मजुबुत हुँदा कमजोरको आवज मेटिने बताएकी छिन । कार्यक्रममा दलित मुक्ती समाजका महासचिव गणेश बिकले दुनियाँ मै नभएको प्रस्तावमा मै जातीय छुवाछूतलाई दण्डनिय र सामाजिक अपराध लेखेको भए पनि कार्वन्यन नभएकोमा कतै संविधान ल्याउन अगाडी र पछाडी हामी पनि चुकेम कि त ? सोच्न जरुरी भएको बताए । दलित गैरसरकारी महासंघ डिएनफका कार्यबाहक अध्यक्ष भक्त बिश्वकर्माले राज्य एउटा मात्र समुदायलाई समातेर अगाडी बढेको आरोप लगाए , सबिधानमा नै दलितका हकलाई कानुन बनाएर लागू हुने भनि लेखेर संबिधान बनेको पाच बर्ष सम्म पनि लागू नहुने यो दलित समुदायलाई भुलाएको भन्दै अब राजनीतिक पाटीलाई पनि खबरदारी गर्न जरुरी भएको बताए ।

दलित अधिकारकर्मी सरु सुनारले , अहिले पनि जातीय छुवाछूतका घटना बढदै गएको , पीडितको सामाजिक सुरक्षा नहुदा घटना कानुनी रूपमा अगाडी बढन नसकेको भन्दै दैबी प्रकोप , भुकम्पले मनोसामाजिक समस्या हुने र तर सदियौ देखि बर्ण ब्यबस्थाले दलित समुदायमा पारेको असर चाहिँ मानसिक नहुने ? र एउटा रिसर्चले ८ लाख दलित किशोर किशोरी सामाजिक डिप्रेसनमा पुगेको भन्दै छुवाछूतले दलित समुदायलाई अपराधी बनाउदै गएको भन्दै गम्भीररूपमा लिन आग्रह गरेकी छिन ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष मोतिलाल नेपाली , गजाधर सुनार लगाएतले मन्तव राखेका थिए । अधिबक्ता श्याम बिस्वकर्माले संबिधानको धारा ४० दलितको हक सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । दलित सेवा संघका महासचिव सन्जु बिश्वकर्माले संचालन गरेका थिए भने संघका अध्यक्ष इस्वरी प्रसाद बिस्वकर्माले अध्यक्षता गर्दै दलित सेवा संघले २५ बर्ष देखि निरन्तर दलित हक अधिकार र दलित समुदायका बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आएकोमा २५ औं सस्थाको रजत जयन्ती मनाउन तीन दिन सम्म दलित समुदायका फरक फरक विषयमा फरक ब्यक्तित्वहरुसंग अन्तरक्रिया गरिने बताएका छन् । आउदो सोमबार बानेश्वर अल्फबिटामा रजत जयन्ती विशेष कार्यक्रम सहित मनाउने समेत जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्