काँग्रेस नेता पन्थी पुगे मदानेका क्यानसर पीडितको घरमा



गुल्मी ,भदौ २७, नेपाली काँग्रेस गुल्मीका सचिव तथा युवानेता खिलध्वज पन्थी जिल्लाको मदाने गाउँपालिका वडा नं. ५ मलागिरीका क्यान्सर पीडित धनबहादुर खडकालाई आर्थिक सहयोग गर्न घरमै पुगेका छन ।

क्यान्सर पीडित खड्कालाई नेपाली काँग्रेस गुल्मीका सचिव पन्थीले रु.१० हजार आर्थिक सहयोग प्रदान गरेका हुन । सचिव पन्थीले क्यान्सर पीडित खड्कालाई सहयोग गर्दै स्वास्थ्य लाभको कामना समेत गरे । सचिव पन्थीले पार्टीले आह्वान गरेको यस्ता खालका धेरै कार्यक्रमहरुमा अन्तरक्रिया मात्र गर्दैनन उनले गरीब, विपन्न, दुःखी, रोगीहरुका लागि सहयोगका हातहरु फैलाउने गरेका छन् ।

यस्ता क्रियाकलापमा नेपाली काँग्रेस गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीको नाम प्राय अग्र–स्थानमा आउने गरेको देखिन्छ । यसअघि पनि विपन्न, रोगी, गरिब, असाह्यलाई सहयोग पु¥याउँदै आएका पन्थी नेपाली कांग्रेसको केन्द्रीय निर्देशन अनुसार प्रत्येक गाउँ, वस्ती–वस्तीमा पुगी रहेका छन ।

सरकार प्रत्येक नागरिक, गरीब, विपन्न, दुःखी एवं रोगीहरुले महसुस गर्ने हुनुपर्छ भन्ने मान्यता राख्ने पन्थीलाई अभियानले निकै नै व्यस्त बनाएको छ । प्राय जनता र नेताको भेट हुने समय भनेको निर्वाचन हुन्छ । तर पन्थीलाई त्यस्तो लाग्दैन् । काँग्रेस सधै जनताको साथमा र आफू पनि त्यसैमा होमीएको उनको भनाई छ ।

नेपाली कांग्रेसले देशव्यापी रुपमा सञ्चालन गरेको “हिमाल, पहाड, तराई–मधेश”(हिपतम) नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गतको दोस्रो चरणको जागरण अभियानका क्रममा जिल्लाको मदाने गाउँपालिका वडा नं. ५ मलागिरी पुगेका सचिव पन्थीले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

दोस्रो चरणको जागरण अभियानलाई राम्रो बनाउन र पार्टी संगठनलाई मजबुत तथा बलियो बनाउका लागि गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश (ख) मा संयोजकको रुपमा पन्थी त्यहाँ खटिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्