बाँकेमा काँग्रेसमाथि आक्रमण गर्नुले कम्युनिष्टको चरित्र उदांगो भयो – काँग्रेस सभापति देउवा



नारायण खड्का।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको जनजागरण अभियानको सफलता देखेर आत्तिएपछि कम्युनिष्टहरुले बाँकेमा काँग्रेसको कार्यक्रममा आक्रमण गरेर बताएका छन् ।

नेपाल प्रेस यूनियन दाङले शनिवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एउटा कोठा भित्र भइरहेको शान्ति पूर्ण कार्यक्रममा आक्रमण गर्नुले कम्युनिष्टको शासन सैलीको चरित्र उदांगो भएको तर्क गरे । ‘अधिकानायवादी सोचभएका कम्युनिष्टहरु जागरण कार्यक्रममा जनताको आकर्षण देखेर आत्तिएका छन् ।

आँफुहरुको भ्रष्टाचारको पोल खुल्ने डरले आत्तिएकै कारण आक्रमण गरेका छ्न,’देउवाले भने ‘दोषीलाई कारवाही नहुँदा सम्म काँग्रेस चुप लागेर बस्ने छैन।’
घटनावारे बृस्तित रुपमा बुझ्नकै लागि आँफु शनिवार नै बाँके जाने बताएका उनले जिल्ला पार्टी सभापति किरण कोईरालाको हातै भाँच्चिने गरि भएको आक्रमणको जति भत्र्सना गरेपनि नपुग्ने बताए।

शान्तिपूर्ण रुपमा सभा समारोह गर्न पाउने अधिकार सबैमा रहेको र त्यसैको लागि काँग्रेस सात सालदेखि अनवरत लड्दै आएको हुँदा भविस्यमा पनि लडिरहने उनले बताए । त्यसका लागि पार्टी एकतामा उनले जोड दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रहरीको पछिल्लो कार्यको भने प्रशंशा गरे । गृहमन्त्री रामबहादुर थापाका भाईलाई पक्राउ गरि अनुसन्धान गर्दा प्रहरी डराउन नहुने उनले बताए । ‘प्रहरी राष्ट्रको हो । जनताको हो । कुनै दलको होइन । प्रहरी राष्ट्र र जनताप्रति वफादार हुनुपर्छ,’ देउवाले भने । जनताको करवाट तलव खाने हुँदा प्रहरी जनताको शान्ति सुरक्षामा लाग्नुपर्ने उनको कथन थियो ।

प्रदेश नं। ५ को राजधानी किन दाङ छोडेर बुटवल तोक्नु भएको हो रु भन्ने पत्रकारको पश्नमा उनले तत्कालिन समयमा बुटवलमा सभा सम्मेलन गर्नको लागि प्रयाप्त सभाहरु रहेको तथा दाङमा हलहरु नभएको हुँदा अस्थायी रुप्मा काम चलाउन उतै तोक्नु परेको बताए । ‘मैले काम चलाउ मात्रै तोकेको हुँ । अहिले मुख्य मन्त्रीपनि दाङकै हुनुहुन्छ क्यारे । उहाँहरुको दुई तिहाई बहुमत छ अब सारे हुन्छ नि । कस्ले छेक्या छ र रु’ देउवाले भने ।

संक्षिप्त प्रश्न उत्तर कार्यक्रममा सभापति देउवाले वाईडबडी भ्रष्टचार प्रकरणमा दोषीलाई कारवाही हुनुपर्छ भनि आवाज उठाउने आँफु नै पहिलो व्यक्ति भएको हुँदा त्यसमा मेरो संलग्नता छ भन्नु आँफैमा मजाग हुने बताए । पत्रकारले तपाँईको नाम पनि मिडियाले लेख्या छन् के हो रु भन्ने प्रश्न गर्दा देउवाले त्यो जवाफ दिएका थिए ।

‘वाईड बडी काण्ड, बालुवाटार जग्गा काण्डमा दोषीलाई कारवाही हुनुपर्छ भनेर मैले नै आवाज उठाएको हुँ,’ उनले प्रश्न गरे ‘कम्युनिष्टको दुईतिहाईको सरकार छ किन छानविन गर्न सकेको छैन।’ प्रेस स्वतन्त्रको आँफुले सम्मान गर्ने भन्दै सभापति देउवाले तर सत्य तथ्य कुरा लेख्न उनले आग्रह गरे ।

काँग्रेसका सभापति देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मुर्ख भएको बताए । उनले पार्टीमा छलफल नै नभएको कुरामा काँग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता सिवाए अरु केही नभएको बताए ।

‘हाम्रो पार्टीमा यो विषयमा छलफल नै भएको छैन । त्यसैले फेरि राजा फर्किने कुरै छैन । काँग्रेस राजा फर्काउन लागेको छ भन्ने कुरा वाईह्यात हो,’ सभापति देउवाले भने ।नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सञ्तोष सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्