प्रहरीले स्वाच्छ अनुसन्धान गरे मात्रै मानब अधिकार रक्षा हुन्छ ः एआईजी लामा



सैघाली खबर ,दाङ १० असोज।

प्रदेश प्रहरी प्रमुख एआईजी मिङमार लामाले प्रहरीले स्वच्छ अनुसन्धान गरे मात्रै मानब अधिकारको रक्षा हुने बताएका छन् । मानब अधिकार रक्षा गर्ने संस्था प्रहरी भएको उनको भनाई थियो । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको हिंसामुक्त, शान्ती र समृद्धि नेपाल हाम्रो अभियान बिषयक अन्र्तक्रिया तथा स्वागत र शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै लामाले प्रहरी मानव अधिकार उलंघन गर्ने नभइ कार्यान्वयन गर्ने संस्था भएको बताए ।

कतिपय अवस्थामा प्रहरीले मानव अधिकार उलंघन गरेको आरोप लाग्ने गरेको भन्दै नेपाल प्रहरी मानव अधिकारको रक्षक र शान्तीको पक्षधर भएको बताए । उनले मानव अधिकार र कानुनको कार्यान्वयन गर्नु÷गराउनु प्रहरीको प्रमुख धर्म भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष विनोद कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले द्धन्द्ध विना विकास र प्रगति सम्भव नहुने तर द्धन्द्धलाई सकारात्मक तर्फ रुपान्तण गर्नुपर्ने बताए । कार्यक्रमका विशिष्ठ अतिथि जीएमले अस्वथ्य प्रतिस्पर्धाको अन्त्य गरे हिंसा आधा कम हुने विश्वास ब्यक्त गरे ।

बिशिष्ठ अतिथि उच्च अदालतद बार तुलसीपुरका अध्यक्ष बिजय पौडेलले सबै प्रकारका हिंसा अन्त्यका लागि सकारात्मक सोंचको विकास गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका कानुनी सल्लाहकार अधिबक्ता मोहन धितालले अधिकार विहिन भएर भन्दा पनि ऐन कानुनको कार्यान्वयन पक्ष कमजोर हुँदा जनता अशुरक्षित भएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ का अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत बिरु, मानव अधिकार तथा शान्ती समाज दाङका सभापति शुरेस हमाल, राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरका अध्यक्ष गोपिनाथ योगी, पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य नारायण भण्डारी, प्रतिष्ठानका संस्थापक महासचिव देविराम कुसारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसैबीच प्रतिष्ठानले पत्रकारीताको क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार नारायण भण्डारीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानमा पुनः श्रेष्ठ
प्रतिष्ठानको अधिबेशनले पुनः बिनोद कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गत भदौ २९ गते सम्पन्न छैठौं अधिबेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत रुपमा चयन भएको कार्यक्रममा घोषणा गरिएको थियो ।

नयाँ कार्यसमितिको उपसभापतिमा मधुसुदन केसी, गणेश पार्धे, सन्तोषकुमार गुप्ता, महासचिवमा शालिकराम वली, सहसचिवमा गोरख वली र कोषाध्यक्षमा ध्रुब गौतम रहनु भएको निर्बाचन समितिका संयोजक मोहन धितालले जानकारी दिएका छन् । यस्तै समितिको सदस्यहरुमा निरज श्रेष्ठ, तुलसीराम राना, लोकबहादुर स्वर्णकार, चन्द्रकली चौधरी, गिमानन्द डाँगी र सावित्रा चौधरी रहेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्