जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा कृर्षि उपकरण प्रदान गर्ने



जनक नेपाली traktor-kleintraktor-yanmar-foto-bild-108151019
दाङ,जेठ १३  जिल्ला कृर्षि विकास कार्यालय दाङले ५० प्रतिशत अनुदानमा किसानका लागि विभिन्न कृषि उपकरणहरु प्रदान गर्ने भएको छ । कृषि ईञ्जिनिरिङ निर्देशनालयको हरिहरभवनको सहयोगमा उपकरण प्रदान गर्न लागेको जिल्ला कृर्षि विकास कार्यालय दाङले जनाएको छ । कार्यालयका तर्फबाट महिला कृर्षि समुह, कृषि सहकारी संस्था लगायत व्यक्तगत रुपमा रुपमा समेत किसानलाई कृषि उपकरण प्रदान गर्ने लागेको जिल्ला कृर्षि विकास कार्यालय दाङका प्रमुख दीपक शर्माले जानकारी दिनुभयो । कार्यालयका तर्फबाट किसानलाई टे«क्टर, पावर टेलर,थ्रेसर, रोडा वेटर, जिरोटिल ट्रल, हलो, रेजर, पङ्खा, सोईलर लगायतका विभिन्न उपकरण प्रदान गर्न लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख शर्माले जानकारी दिनुभयो ।
त्यसका लागि जिल्ला कृर्षि विकास कार्यालय दाङले जिल्लाका सवै किसान संग सार्वजनिक रुपमै सूचना आब्हान गरेर निवेदन माग गरेको जानकारी दिनुभयो । त्यसका लागि यही जेठ १२ गते सम्म किसान संग निवेदन माग गरेको कार्यालयले जनाएको छ । तत्काल किसान संग आएका निवेदन उपर छानविन गरेर निर्देशनालयमा पठाउने जानकारी दिनुभयो । दाङका किसानले परम्परागत खेति प्रणाली अपनाउँदै आएको उल्लेख गर्दै आधुनिक खेतिपाति तिर किसानलाई प्रेरित गर्ने उदेश्यका साथ कार्यालयले ति उपकरण प्रदान गर्ने लागेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत भरतमणी पोख्रेले जानकारी दिनुभयो । किसानलाई राज्यले विषेश सुविधाहरु प्रदान गर्दै आएको वताउँदै कृषियन्त्र उपलव्ध गराउँदा कृषकको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्लाका अधिकांस किसानहरु अहिले पनि परम्परागत खेति प्रणाली अपनाउँदै आएको वताउँदै अब त्यसलाई हटाएर आधुनिक खेति प्रणाली अपनाउँनु पर्ने वताउँनुभयो ।

सिचाँईमा पनि ६० प्रतिशत अनुदान
कार्यालयले शुन्य शक्तिमा सिचाँईमा कार्यक्रम अन्तरगत किसानका लागि ६० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । कार्यालयले सिचाँई सुविधा नपाएका किसानका लागि यस्तो व्यवस्था गरेको कार्यालयले जनाएको छ । कार्यालयका तर्फबाट सोलार खरिद,पापा पम्प,वर्ण पम्प लगायतका विभिन्न सामग्री खरिदका लागि अनुदानको व्यवस्था गरेको कार्यालयका सूचना अधिकृत भरतमणी पोख्रेलले जानकारी दिनुभयो । त्यसका लागि सम्पूर्ण प्रकृया पुरा भैसेकेको उल्लेख गर्नुभयो । त्यसका लागि किसानले अनिर्वायरुपमा ४० प्रतिशत लगानी गर्नु पर्ने उल्लेख गर्नुभयो । यसको वितरण पनि जिल्ला कृषि विकास कार्यालय मार्फत गरिने जानकारी दिनुभयो ।

३० प्रतिशत जमिनमा मात्र सिचाँई सुविधा
जिल्ला कृषि विकास कार्यालय दाङले पछिल्लो समय दाङमा खानेपानी र सिचाँई सुविधाको अभाव रहेको जनाएको छ । जिल्लाको शहरी क्षेत्रमा दुवै समस्या विकराल बन्दै गएको कार्यालय जनाएको छ । जिल्लामा ६९ हजार ९ सय ५० हेक्टर खेतियोग्य जमिन भएको वताउँदै त्यस मध्य ६५ हजार ९ सय ८० हेक्टरमा मात्र हाल खेति हुदै आएको कार्यालयमा बाली संरक्षण अधिकृत पिताम्वर बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार बर्षभरी करिव १९ हजार ६ सय ५१ हेक्टरमा सिचाँई सुविधा उपलव्ध हुने गर्दछ । कुल खेतियोग्य जमिनको ३० प्रतिशत मात्र सिचाँई उपलव्ध हुने गरेको छ । त्यसमध्य ३९ हजार २ सय ११ आशिंक , सिचाँई हुने गरेको छ । १० प्रतिशत आकाशे पानीको भरमा खेति हुने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्