पत्रकारितालाई मर्यादित बनाउन अध्यक्ष आचार्यको आग्रह




सैघाली खबर
दाङ,१० असोज । पत्रकारिता पेसालाई मर्यादित बनाउनु पर्ने घोराहीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको दशै मिलन तथा आजको पत्रकारिता विषयक नागरिक सम्बाद कार्यक्रममा बोल्ने वत्ताहरुले यस्तो वताएका हुन ।कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पत्रकारलाई स्वतन्त्र पूर्वक कलम चलाउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका आचार्यले समाज परिर्वनका लागि पत्रकारले भुमिका महत्वपूर्ण हुने वताउनुभयो । आचार्यले दाङ पत्रकारिताका क्षेत्रको उर्वर भुमि रहेको वताउँदै अब पत्रकारको क्षमता विकासमा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । गणतन्त्र स्थापना देखि संविधान निर्माण सम्म पत्रकारले महत्वपूर्ण खेलेको उल्लेख गर्दै संविद्यान कार्यान्वयनमा पनि अब पत्रकार चनाखो बन्न आबश्यक रहेको उल्लेख गर्नुभयो । पत्रकारले समाजमा कुनै गतकाम गरे नगरेको हेर्ने भुमिका नागरिकको भएको वताउँदै कुनै पत्रकारले गलत कामगरे त्यसको विरुद्ध पत्रकार महासंघमा उजुरी गर्न समेत आग्रह गर्नुभयो ।


नवनिर्वाचित केन्द्रिय अध्यक्ष आचार्यलाई पत्रकार महासंघ दाङले सम्मान समेत गरेको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव उदय जि.एम, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ,स्थानिय विकास अधिकारी कुलबहादुर जि.सी, पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताब रेग्मी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बशन्त जोशी, प्रलेशका केन्द्रिय सदस्य पद्यप्रसाद शर्मा, जेसिज दाङका अध्यक्ष दिपक शर्मा समिर, लगाएतले बोल्नु भएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाहनको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र ओलीले गर्नु भएको थियो । स्वागत उपाध्यक्ष लिला शाहले गर्नु भएको थियो भने धन्यावाद ज्ञापन उपाध्यक्ष डिल्ली मल्लले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्