देउखुरीका अधिकांस बिद्यालयले मनाए बालदिवस, बिद्यार्थीको हौसलाका लागि छात्रबृत्ती अबश्यक



टेकबहादुर पुन,

देउखुरी । बिद्यार्थीको प्रोत्साहनका लागि सबैले आ-आफ्नो क्षत्रबाट छात्रबृति बितरण गर्नुपर्ने आईतबार देउखुरीको फल्कापुरमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

माबि फल्कापुरमा अध्यययन रत छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण कार्यक्रमका बक्ताले यस्तो बताएका हुन् । राष्ट्रिय बाल दिबसको अबसरमा लमही जेसिसले १० जना बिद्यार्थीहरुलाई करिब १० हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै लमही जेसिसका अध्यक्ष शिबशँकर गुप्ताले गरिबिका कारण विद्यार्थी हरु पढाइ बाट बञ्चित हुन नपरोस भन्दै शैक्षिक सामाग्री बितरण गरिएको जानकारी दिनुभयो ।

गुप्ताले अति बिपन्न र जेहेन्दार बिद्यार्थीको पहिचान गरि उनिहरुको अध्ययनमा थप हौसला प्रदान गर्न शैक्षिक सामाग्री बितरण गरिएको बताउनु भयो ।

लमही जेसिसका अध्यक्ष शिबशँकर गुप्ताको अध्यक्षता तथा माबि फल्कापुरका निमित्त प्रधानाध्यापक शुरेस शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने अन्य बक्ताले गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि सबैको दायित्व रहेको औल्याए ।


लमही जेसिसका उपाध्यक्ष बिमल नेपालीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन जेसिसका महासचिव बसन्त न्यौपानेले गर्नुभएको थियो ।

यस्तै ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ दाङ्ग सहित देशैभरका बिद्यालय हरुले आईतबार बाल दिबस मनाएका छन् । देउखुरीका अधिकाँस निजि तथा आबसिय बिद्यालय हरुले पनि बाल दिवसको अबसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।

लमही स्थित रोजि बड्स बालबाटिका, गोर्खा मोडल सेकेन्डरी स्कुल, सनलाईट माबि, अर्जुन आधारभुत हसनापुर, ज्योतिष्मती बिद्यापिठ, राजपुरको फेमिलि प्याराडाईज लगायतका बिद्यालयले बाल दिवस मनाएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्