प्रदेश ५

‘दशै–तिहारमा विशेष सुरक्षा’

By थाहा अनलाइन

September 26, 2017

गिरिराज नेपाली दाङ १० , असोज स्थानिय प्रशासनले दशै र तिहारका मध्ये नजर गर्दै विशेष सुरक्षा योजना सुरु गरेको छ । चार्डपर्वका नाममा हुन सक्ने घटनाहरु लाई मध्ये नजर गर्दै प्रहरीले विशेष योजनाका साथ विशेष सुरक्षा व्यावस्था लागु गरेको छ । चार्डपर्वका नाममा मध्यपान र जुवातासले निम्त्याउन सक्ने घटना लाई नियन्त्रण गरी शान्तीपुर्ण समाज , सद्भाव मैत्री पर्वका लागि प्रहरीले विशेष योजनाका साथ विशेष सुरक्षा व्यावस्था लागु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय दाङका अनुसार चार्डपर्वमा हुने कुनै पनि अपराध नियन्त्रण लागि प्रहरीले सुरक्षित योजनाका साथ सुरक्षा योजना निर्माण गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंहले प्रदेश प्रहरी कार्यालय वाट जिल्लामा २५ जना सुरक्षाकर्मि थप गरी सुरक्षा व्यावस्था लाई अझै शशक्त वनाउने प्रहरीले प्रयास गरेको जानकारी दिईन । उनले भनिन – चार्डपर्वमा हुन सक्ने कुनै अपराध नियन्त्रणका प्रहरीको शशक्त योजना सहितको परिचालित योजना निर्माण गरेको छौ । ’

साँस्कृतिक चालचलन मुल्यमान्यता अनुरुप दशै तिहारमा माद्यपान सेवन , जुवातास , बजार होहल्ला र अनावश्यक भिडभाड हुने भएकाले ति पर्वका नाममा हुने विकृति नियन्त्रणका लागि विशेष योजनाका साथ विशेष सुरक्षा योजना लागु गरिएको एसपी सिहंले जानकारी दिईन । चार्डपर्वमा गाँउ देखी शहर सम्ममा हुने कुनै पनि अपराध नियन्त्रण तथा दशैका नाममा खेलिने जुवातास नियन्त्रणका लागि प्रहरीले सक्रियाता पुर्वक योजना निर्माण गरी तत स्थानमा तत योजना लागु गरी सुरक्षाकर्मि परिचालन समेत गरीरहेको उनले वताईन ।

उनले भनिन – ‘एक टोल , एक प्रहरी टोली’ योजना निर्माण गरेको छौ । चार्डपर्वमा नाममा हुने विकृति अन्त्य गर्दै सद्भाव पुर्ण पर्व ,सामाजिक सद्भावमय गाँउको योजना निर्माण गरी चार्डपर्व लाई हिंसा रहित , शान्तीपुर्ण पर्वका रुपमा स्थापित गर्न प्रहरी सक्रिया रहेको उनले वताईन । साथै दाङको सुरक्षा व्यावस्थाका लागि हाल १ हजार ५० जन प्रहरी परिचालन गरिएको छ ।

साथै चार्डपर्वमा हुन सक्ने अव्यवपस्थित सवारी आवागमनमा यात्रु जोखिम नियन्त्रणका लागि पनि ट्राफिक प्रहरीले विशेष योजना साथ ट्राफिक सुरक्षा व्यावस्था लागु गरेको जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लेले दाङमा वाहिरी र भित्रने सवारीहरुले चार्डपर्वका नाममा क्षमता भन्दा पनि यात्रु वोकि असुरक्षित जोखिम पुर्ण सवार गर्ने गरेकाले अहिले यात्रु सुरक्षाको योजना सहित ट्राफिक व्यावस्था लाई विशेष योजनाका साथ सुुरु गरिएको जानकारी दिए ।

साथै यातायात व्यावसायीहरुले एक सिटमा दुई टिकट वितरण गरी यात्रु सास्ती दिएको गुनासो रहेको पनि उनले वताए । उनले भने – यातायात व्यावसायीहरुको लापरवाहीका लाई मध्ये नजर गर्दै त्यो गुनासो प्रति ट्राफिक प्रहरी संवेदनशिल रहेको उनले वताए ।

दाङ वाट अधिकाश सवारी पडाही जिल्लामा वाहिरिने गरेकाले जोखिम पुर्ण यात्रामा असुरक्षित सवारी , जोखिम पुर्ण यात्रा गरीरहेकाले त्यस प्रति पनि ट्राफिक प्रहरी प्रभावकारी योजना निर्माण गरी लागु गरेको उनले वताए । साथै चार्डपर्वमा यातायात व्यावसायीहरुले यात्रु लाई निश्चित गन्तव्य सम्म नपु¥याई विचमै अलपत्र पार्ने जस्ता कुरा पनि विगत देखी नै सुनिरहेकाले त्यो गुनासो लाई मध्ये नजर गर्दै यही असोज ३ गते देखी जिल्लाको घोराही , लमही , तुलसीपुर , भालुवाङ लगाएतका वजारहरुमा ‘यात्रु सहायता कक्ष ’ समेत सुरु गरिएको उनले जानकारी दिए । उनले भने – विचविचमा अलपत्र पर्ने यात्रुहरु निश्चित गन्तव्य सम्ममा पु¥याई यात्रु सुरक्षामा यात्रु सहजता थप्ने काम सक्रिया रहदै आईरहेको उनले वताए ।