नेपाल कम्युनिष्ट पार्टी फेदाप संगठनको इसिबुमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

दुई रुपैयाँ सम्म घुस लिन खोज्ने नेकपा कार्यकर्ता हुन नसक्ने फेदाप संगठन कमिटीका अध्यक्ष तिम्सिनाको जिकिर


इन्द्र नेपाली तेह्रथुम,
नेपाल कम्युनिष्ट पार्टी फेदाप संगठन इसिबुले वडाको केन्द्र पन्चामि डाडामाआयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी सदस्य तथा गाउँ पालिका उपाध्यक्ष गितादेबी थापाले स्थानीय स्तरमा रहेको जनताको समस्य,गुनासोलाई आफुले कुनै पनि कसुर बाकी नराखी समधान गर्दै आएको बताउनु भएको छ।

 

आफू फेदापेली नागरिकको अभिमतले उपाध्यक्ष भएकोले नागरिकको दुख आफ्नै दुखको महसुस गरेको हुदा प्रत्येक नागरिकको घाउमा मलम पट्टी गरेरै छोडने बताउनु भएको छ।तपाईंलाई के आबस्यक छ बस्ती स्तरबाटै योजना बनाएर पठाउनु होस म रकम लगाइ दिने छु योजना नपाएर दुखमा पिरोलिनु पर्दैन।

 

सिम्ले र जलजलेका सुख्खा छेत्रको नागरिकलाई तत्काल नै पिउने पानीको ब्यबास्था गरिने समेत बताउनु भएको छ।

नेपाल कम्युनिष्ट जिल्ला कमिटी तेह्रथुमका सदस्य तथा फेदाप संगठन कमिटीका सचिवलय सदस्य विशाल खड्काले राज्यमा तीन तहमै स्थानीय सरकार भएको हुदा निर्वाचन पश्चात नागरिकले प्रत्येक्ष राहत महसुस गरेको बताउनु भएको छ।स्थानीय स्तरमा रोजगारी श्रुजना,खेलकुद पर्यटन,सडक,शिक्षा लगायतको छेत्रमा बिकाशले तिब्रता पाएको बताउनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी तेह्रथुमका सदस्य तथा फेदाप संगठन कमिटीका अध्यक्ष राम प्रसाद तिम्सिनाले जनताको आशा र भरोसा को केन्द्र नै नेपाल कम्युनिस्ट पार्टी प्रती रहेको हुदा अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने दावी गर्नु भएको छ।


नेपाल कम्युनिस्ट पार्टी फेदाप संगठनका अध्यक्ष समेत रहेका तिम्सिनाले नेपालमा कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरेको देखन नसक्ने दलाले कम्युनिष्ट नेतृत्व को सरकार विरुद्ध फेदापमा केही भ्रम सिर्जना गर्न खोजेको बताउनु भएको छ ।तपाईहरु ढुक्क रहनु होस हामी पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकारले मुलुक हाक्छ।

दुई रुपैया सम्म घुस लिने कम्युनिस्ट पार्टीको कार्यकर्ता हुन सक्दैन एउटा प्रक्रिया पुगेको नागरिकतामा सम्म घुस लिन खोज्नेहरु पार्टी छोडेर बिरत्तिएर हिडेका छ्न।कर्मचारी र जनप्रतिनिधि हु भन्दै घुस खानेलाइ रोक्न खोज्दा पार्टी छोडेका हुन निराश नहुनूहोस भ्रष्ट दलाल र फटाको हातबाट पार्टी जोगाउनु पर्छ।

जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको नै कम्युनिस्ट पार्टीले गरेको हुदा आर्थिक समृद्धिको बाटो तिर मुलुक हिडेको बताउनु भएको छ।


नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी सदस्य तथा फेदाप संगठन कमिटीका इन्चार्ज छ्त्र प्रसाद रिमालले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न आम पार्टी पंक्तिका कार्यकर्तालाई आग्रह गर्नु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी फेदाप संगठन इसिबुले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न पुग्नु भएको रिमालले “समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा पार्टी लागेको बताउनु भएको छ।

 


चौतर्फी पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । दशकौ लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाइ स्थापन गरेको हुदा यसलाई जोगाउन सबै पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ।

नेपाली कांग्रेसको अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गर्नु भएको छ।नेपाली जनताको त्याग र रगतबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवार भएर लाग्न समेत अनुरोध गर्नु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्