टुहुरा वालवालिकाहरु लाई कपडा वितरण



गिरिराज नेपाली
दाङ ११ , असोज
घोराही उप–महानगरपालिका कार्यालयले असाहाय टुहुरा वालवालिकाहरु कपडा वितरण गरेको छ ।
घोराही उप–महानगरपालिका १६ दुर्गा भवानी टोल ‘वादी वस्ती ’का २० जना वेसाहारा ‘टुहुरा ’वालवालिकाहरु लाई  उप–महानगरपालिका वडा १६ का वडा अध्यक्ष लक्षिन प्रसाद वुढा मगरको नेतृत्वका कपडा वितरण गरिएको हो ।
बाबु आमा गुमाएका २० जना वेसाहारा बालवालिकाहरु लाई वडा अध्यक्षको नेतृत्वका कपडा वितरण गरिएको हो । कपडा वितरण गर्दै वडा अध्यक्ष वुढाले ‘दशैमा सवै लाई दशा नभई खुसीको पर्वका रुपमा मनाउनका लागि कपडा वितरण गरिएको उनले वताए ।


वेसाहारा वालवालिकाहरुको सानो सहयोग गरी उनीहरुको मुहारमा खुसी ल्याउने प्रयासका साथ उप–महानगरपालिकाले यो प्रयास गरेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्