राष्ट्रसंघको ७४ औँ महासभामा प्रधानमन्त्री ओली नजाने



संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।

उनको सट्टा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

आजदेखि अमेरिकाको न्यूयोर्कस्थित संघको प्रधान कार्यालयमा महासभा सुरू हुँदैछ। परराष्ट्र मन्त्रालयले पनि यस पटकको महासभामा प्रधानमन्त्री ओली नजाने जनाएको छ।

उनी नजानुको कारण भने खुलाएको छैन। गत वर्ष प्रधानमन्त्री ओलीले नै स‌ंयुक्त राष्ट्रस‌ंघको महासभामा सम्बोधन गरेका थिए। परराष्ट्रमन्त्री ज्ञवाली महासभामा भाग लिन असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिवसहितको १२ सदस्यीय प्रतिनिधि मण्डल उच्चस्तरीय बैठकमा सहभागी हुनेछ।

मन्त्री ज्ञवालीले असोज १३ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्