आज दशैंको सातौं दिन, घर घरमा फूलपाती भित्र्याइँयो



अमिता चौधरी
दाङ,११ असोज


बडादशैंको सातौं दिन आज बुधबार धार्मिक परम्परा अनुसार फूलपाती भित्राईएको छ । उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूलका नयाँ पालुवालाई फूलपातीका रुपमा शुभ साइतका प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्राउने गरिन्छ ।

भगवतीका अन्य मन्दिरहरुमा पनि बुधबार फूलपाती भित्राईएको छ । दाङमा पनि आज परम्परा अनुसार अम्बिकेश्वरी मन्दिरबाट फूलपाती भित्राईएको छ ।हर्षबढाईका साथ गएको सुरक्षा निकाय र जिल्लाका उच्च अधिकारीहरुले फूलपाती ल्याएका छन् ।


फूलपाती लिन ब्याण्डबाजा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरीहरुले सम्मिलित रहेका थिए । प्रमुख जिल्ला अधिकारी जगेन्द्रबहादुर श्रेष्ठ, घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरी सहितका व्यक्तिहरु कार्यक्रममा सहभागि भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्