गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष पुर्व प्रधानमन्त्री स्वर्गिय सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिने भएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पुर्वप्रधानमन्त्री कोइरालालाई संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृती प्रतिष्ठानले आगामी असोज ३ गते सो पदक प्रदान गर्न लागेको हो ।
प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए । रास्ट्रपति बिद्यादेवि भण्डारिको प्रमुखअतिथ्यतामा विशेष समारोहको आयोजना गरि सो पदक प्रदान गरिनेछ ।
गत वर्ष सो पदक लोकतत्रको स्थापनामा महत्वपुर्ण भुमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरिएको थियो भने त्यस अघि पुर्व राष्ट्रपती रामवरण यादव, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापती कृष्णप्रसाद सिटौलालाई दिइएको थियो ।
यसैगरी शान्ती नायक गिरिजाप्रसाद कोइरालालाई समेत मरणोपरान्त सो पदक प्रदान गरिएको थियो । २०६२ र ०६३ को जनाअन्दोलन सफल भएदेखि २०६४ सालबाट हरेक वर्ष सो पदक प्रदान गरिदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।