आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नौ वटा दल दर्ता भएका छन् ।निर्वाचन आयोगका अनुसार ५१ पदका लागि आयोगले तोकेको प्रक्रिया पूरा गरी नौवटा दल दर्ता भएका हुन् ।
२०७४ सालमा भएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनका लागि दर्ता नभएका राजनीतिक दल, ती निर्वाचनपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दल र नाम परिवर्तन गरेका दललाई पुनः दर्ता गर्नुपर्ने सूचना निर्वाचन आयोगले निकालेको थियो ।
भदौ १६ गते आयोगले भदौ मसान्त सम्मको समय दिएर दल दर्ताका लागि सूचना प्रकाशित गरेकोमा भदौ हालससम्म नौ वटा दल दर्ता भएको आयोगकी प्रवक्ता सहसचिव गिरिजा शर्माले जानकारी दिइन् ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा, मंगोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राप्रपा लोकतान्त्रिक, नेपालवाद पार्टी, नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल, राष्ट्रिय नागरिक पार्टीले उपनिर्वाचनका लागि दल दर्ता गरेका छन् ।
आउदो मंसिर १४ गते प्रतिनिधिसभाको एक कास्की–२०, प्रदेश सभाको तीन दाङ–३ ख, भक्तपुर–१ क र बाग्लुङ–३ ख, उपमहानगरपालिका प्रमुख एक धरान गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३७ जिल्लाका ४२ वडाध्यक्षको गरी ५१ पदका लागि निर्वाचन हुँदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।