जम्मा २ स्थानको नतिजा आउन बाँकी



सैघाली खबर
काठमाडौ ,११ असोज

प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव अन्तर्गत १ सय ३६ मध्ये १ सय ३४ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पहिलो बनेको छ । १ सय ३४ तहको नजिता आएकोमा, नेपाली कांग्रेस ४० संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८ फोरम लोकतान्त्रिक ३ र ३ तहमा अन्य दल विजयी भएका छन् ।

पछिल्ले पटक बाराको कलैया उपमहानगरपालिकमा नेपाली कांग्रेस विजयी भएको छ । एमाले अगाडी रहेको कलैयामा अन्तिम समयमा कांग्रेस अगाडी बढेर जित हाँसिल गरेको हो । आधिकारीक घोषणा भने गरि सकेको छैन । अन्तिम समयमा विवाद भएप्छि एमालेले मतगणना नै बहिष्कार गरेको थियो । नतिजा आउन बाँकी पर्साको वीरगंज महानगरपालिका,सप्तरीको राजविराज नगरपालिकाको मतगणना अन्तिम चरणतिर पुगेको निर्वाचन आयोगले जनाएको छ । वीरगञ्ज महानगरमा संघिय समाजवादी फोरमको अग्रता रहेको छ । राजविराज नगरपालिकाको मेयरमा माओवादी केन्द्र अगाडी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्