सैघाली खबर
काठमाडौ ,११ असोज
१८ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवलमा नेपाल आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार आज बेलुकी सवा ६ बजे भुटानको चांलिमिथान रंगशालामा नेपालले भारतको सामना गर्न लागेको हो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान उपाधी दावेदार हुन् । सबैको समान समान ६ अंक रहेको छ । तर गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा रहेको छ । गोल अन्तरको आधारमा भारत पहिलो स्थानमा छ भने बंगलादे दोस्रो, र भुटान चौथो स्थानमा छन् । सावीक विजेता नेपालले उपाधी हात पार्न आज भारतलाई हराउनै पर्नेछ भने बंगलादेश र भुटानको खेलले पनि अर्थ राख्छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।