डेङ्गो रोग नियन्त्रणमा वडा कार्यालयको चासो



टेकबहादुर पुन । देउखुरी, ३१ भदौ । पछिल्लो समय देशैभर डेङ्गो रोगको प्रकोप बढिरहेको छ । मच्छरको टोकाई बाट लाग्ने डेँगो रोग नियन्त्रणका लागि सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्य कर्मी हरु बताउँछन् । फोहोर मैला भएको क्षत्र र झाडीमा मच्छरको बाँस स्थान हुने भएकाले सरसफाईमा ध्यान दिए केही मात्रामा कमि हुने जानकार बताँउछन् ।

घर मात्र नभएर पुरै गाउँ नै सरसफाई गर्न सके मच्छरको टोकाई बाट लाग्ने अन्य रोगहरु बाट पनि वच्न सकिने स्वास्थ्यकर्मी हरुको भनाई छ । महामारीको रुपमा फैलिरहेको डेङ्गो रोग लाग्न नदिन लमहीको वडा नम्बर ७ को वडा कार्यालयले बनघुस्री गाउँलाई पुर्ण सरसफाई गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीको अध्यक्षता र स्थानियको सक्रियतामा बनघुस्री गाउँलाई सरसफाइ गरिएको हो । गाउँ टोलमा रहेका फोहोर झाडी र नाला पुर्ण रुपमा सरसफाई गरेपछी मच्छरको टोकाई बाट लाग्ने रोगबाट वच्न सकिने वडा कार्यालयको बिश्वास छ ।

सरसफाई कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य केदार चौधरी, सुनमालि विक, राधा केसि, कुलबहादुर बुढा मगर, वडा कर्मचारी, प्रहरी चौकी गोझेनाका हवलदार पिताम्बर न्यौपाने, चौधरी होमस्टे सञ्चालन समिती बनघुस्रीका अध्यक्ष प्रेमलाल चौधरी, स्थानियबासी लगायतको सहभागिता थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्