डा.केसीको अनशन स्थगित



सैघाली खबर
काठमाडौ ,११ असोज


डा.गोविन्द केसीले तीन दिनअघि सुरु गरेको आमरण आजदेखि स्थगित गरेका छन् । बुधबार विज्ञप्ति प्रकाशित गर्दै उनले नेपालीहरुको प्रमुख चाड दशैंका कारण अनसन स्थगित गरेको जनाएका छन् । आगामी १९ असोजबाट पुनः सत्याग्रह कार्यक्रम सुरु हुने विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा ऐनमार्फत् स्वास्थ्य र मेडिकल शिक्षामा सुधार हुनुपर्नेलगायत पाँच बुँदे मागसहित उनले अनसन थालेका थिए । यो उनको १२ औं अनसन हो । संसदमा बिचाराधीन चिकित्सा शिक्षा विधेयक जनता र बिद्यार्थीमुखि नभई माफियामुखी ढंगको बनाएर पारित गर्ने अन्तिम प्रयास भइरहेकाले आफूले पुनः अनसन बस्नु परेको डा। केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आफ्नो अनसनका कारण चिकित्सा शिक्षा ऐन पारित नगरी हाललाई स्थगित गरिएकाले पनि तत्काल सत्याग्रहको औचित्य नरहेको आशय विज्ञप्तिमा उल्लेख छ । अझै पनि माफियाहरुको स्वार्थमा चिकित्सा शिक्षा ऐन पारित गर्ने प्रयास भइरहेकाले त्यसो हुन नदिन, माथेमा आयोगको प्रतिवेदन र आफ्ना सुझावहरु समेटेर सही रुपमा ऐन पारित गराउन सत्याग्रहलाई निरन्तरता दिइने विज्ञप्तिमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्