दशैं खर्च कटाएर दाङमा मिर्गाैला पिडितलाइ आर्थीक सहयोग



सैघाली खबर
सल्यान, ११ असोज


दशैं खर्च कटाएर दाङमा मिर्गाैला पिडितलाइ दुइ संस्थाले उपचार सहयोगार्थ आर्थीक सहयोग गरेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर चार निवासि टेक बहादुर छन्तेललाइ प्रगतीशिल महिला वचत तथा ऋण सहकारि संस्था र महिला सञ्जाल शान्तिनगरले संयुक्त रुपमा आज बुधबार एक कार्यक्रमका विच एघार हजार दुइ सय पन्ध्र रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

३२ वर्षिय टेक बहादुरको करिव १० महिना अघि दुबै मिर्गाैला फेल भएको पत्ता लागेपछि उनको परिवार अहिले आर्थीक संकलन अभियानमा छ । र न्युन आर्थीक अवस्था रहेको उनको परिवारलाइ उपचारमा रकमको अभाव भएपछि प्रगतीशिल महिला वचत तथा ऋण सहकारि संस्थाकी अध्यक्ष सरस्वती कंडेल र महिला सञ्जालकी अध्यक्ष राधिका परियारले दशैमा हुने खर्च कटाएर रकम सहयोग गरेको पत्रकार निरा पाण्डेले जानकारि दिएका छन् ।
सहयोग रकम बुझ्दै मिर्गाैला पिडित टेक बहादरका बुवा टिकालाल छन्तेलले विगत ६ महिना अघिदेखि काठमाण्डौमा कोठा भाडामा लिएर उपचार गराइरहेको जनाउदै आर्थीक अवस्था कमजोर भएकाले सक्दो सहयोग गरेर छोराको जीवन बचाइदिन अनुनय गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्