मुख्य समाचार

दशैं खर्च कटाएर दाङमा मिर्गाैला पिडितलाइ आर्थीक सहयोग

By थाहा अनलाइन

September 27, 2017

सैघाली खबर सल्यान, ११ असोज

दशैं खर्च कटाएर दाङमा मिर्गाैला पिडितलाइ दुइ संस्थाले उपचार सहयोगार्थ आर्थीक सहयोग गरेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर चार निवासि टेक बहादुर छन्तेललाइ प्रगतीशिल महिला वचत तथा ऋण सहकारि संस्था र महिला सञ्जाल शान्तिनगरले संयुक्त रुपमा आज बुधबार एक कार्यक्रमका विच एघार हजार दुइ सय पन्ध्र रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

३२ वर्षिय टेक बहादुरको करिव १० महिना अघि दुबै मिर्गाैला फेल भएको पत्ता लागेपछि उनको परिवार अहिले आर्थीक संकलन अभियानमा छ । र न्युन आर्थीक अवस्था रहेको उनको परिवारलाइ उपचारमा रकमको अभाव भएपछि प्रगतीशिल महिला वचत तथा ऋण सहकारि संस्थाकी अध्यक्ष सरस्वती कंडेल र महिला सञ्जालकी अध्यक्ष राधिका परियारले दशैमा हुने खर्च कटाएर रकम सहयोग गरेको पत्रकार निरा पाण्डेले जानकारि दिएका छन् । सहयोग रकम बुझ्दै मिर्गाैला पिडित टेक बहादरका बुवा टिकालाल छन्तेलले विगत ६ महिना अघिदेखि काठमाण्डौमा कोठा भाडामा लिएर उपचार गराइरहेको जनाउदै आर्थीक अवस्था कमजोर भएकाले सक्दो सहयोग गरेर छोराको जीवन बचाइदिन अनुनय गरेका थिए ।