भरतपुरमा ज्ञवाली र दाहाल बिच १६५७ मतान्तर



चितवन,जेठ १३ भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहालले वडा नम्बर १७ गन्न थालेपछि फेरि अग्रता दिनु भएको छ ।यसअघि केही वडामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता बढाउँँनु भएको थियो । १७ वडामा आएपछि रेणुले अग्रता लिनु भएको थियो । बिहीबारसम्म देवीको अग्रता घट्दै गएको थियो शुक्रबारबाट अग्रता फेरि बढाएका देवीका लागि रेणुले १७ वडाबाट आफ्नो पकड देखाउनु भएको थियो । यसअघि वडा नम्बर २३ को मत गणना भइसक्दा देवी ज्ञवाली माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १८ सय २० मतले अघि हनु हुन्थ्यो । लगत्तै लगना भएको १७ वडाबाट रेणुले अग्रता दिनु भएको थियो । कुल खसेको ३० हजार ८७ मत मध्ये अहिलेसम्म ११९६ मत गनिएको छ।
यस्तो छ पछिल्लो मत परिणाम
मेयर
एमाले ,देवी ज्ञवाली ३६९५८
गठबन्धन ,रेणु दाहाल ३५३०१111
मतान्तर १६५७

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्