मुख्य समाचार

प्रदेश र केन्द्रको चुनावका लागी काग्रेस शान्तिनगरले उम्मेद्धारको नाम शिफारिश ग¥यो

By थाहा अनलाइन

September 27, 2017

सैघाली खबर सल्यान, ११ असोज

आगामी मंशिरमा हुने प्रदेश र केन्द्रको चुनावका लागी नेपालि काग्रेस साविक शान्तिनगर गाउँपालिकाले उम्मेद्धार सिफारिश गरेको छ । काग्रेस शान्तिनगरको बैठकले प्रदेश र केन्द्रको लागी प्रत्यक्ष र समानुपातक उम्मेद्धारको नाम शिफारिस गरेको हो । काग्रेस शान्तिनगरका सभापती बुद्धिराम तिवारिको सभापतीत्वमा सम्पन्न बैठकले प्रदेश चुनावका लागी प्रत्यक्ष तर्फ शंकर प्रसाद डागी, खिम प्रसाद खराल, भरत केसी, टिका घर्ती, जगत खड्का र केशव आचार्यको नाम शिफारिश गरेको छ । यस्तै प्रदेश चुनावका लागी समानुपातिक तर्फ गेहेन्द्र गिरी र शशिधर केसीको नाम शिफारिस भएको जनाइएको छ । यस्तै केन्द्रीय चुनावका लागी प्रत्यक्ष तर्फ दिपक गिरी, बुद्धिराम भण्डारि र राजेन्द्र धिताल तथा समानुपातिक तर्फ शुष्मा गिरीको नाम मात्रै शिफारिश भएको काग्रेस शान्तिनगरका सभापती बुद्धिराम तिवारिले जनाए । स्थानीय तहको चुनावमा पार्टिका उम्मेद्धारका विरुद्धमा लाग्नेहरुलाइ शिफारिश गर्न नसकिएको उनले जनाए ।