वीरगञ्जमा फोरमका उम्मेदवार विजयी



सैघाली खबर
वीरगञ्ज,११ असोज


प्रदेश २ को एकमात्र महानगरपालिका विरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी मेयरमा विजयी हुनुभएको छ । उपमेयरमा भने नेपाली कांग्रेसका शान्ति कार्की विजयी हुनुभएको छ । वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा रहेका थिए । मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार एक सय ९७ मत पाउनुभएको छ । यस्तै, १९ हजार ६ सय सात मतका साथ उपमेयरमा कांग्रेसकी कार्की विजयी हुनुभयो । उहाँकी प्रतिद्वन्द्वी फोरम नेपालकी पिंकी यादवले १८ हजार पाँच सय ३० मत पाउनुभयो । वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्