अर्घाखाँची सन्धीखर्क नगरपालिका वडा नं. ७ भुजुङ्गे, डिहीडाँडा निवासी विन्दु नेपाली र गणेश नेपालीका कान्छा छोरा सप्पन नेपाली १५बर्षको कलिलै उमेरमा दुवै मृगौला फेल भएको छ ।सप्पन नेपालीका बुवा गणेश नेपाली केही बर्ष पहिले नै इन्डिया जाने क्रममा दुर्घटनामा परि मृत्यु भएको थियोे । एकल आमाले गाउँ घरमा मेलापात गरि हुर्काएर पढाएको छोरा एक्कासि दुबै मिर्गौलाले काम गर्न छोडे पछि निकै समस्यामा परेकी छिन । आफ्नो आम्दानीको आयस्रोत केही नहुदा छोरालाई उपचार गर्न सकेकी छैनन् ।
काठमाडौको वीर अस्पतालमा उपचार गराइरहेकी आमा यतिबेला अस्पतालको बेडमा छोरालाई राखेर सबैसँग छोराको उपचारको लागि सहयोग मागेकी छिन । आफुसंग तत्कालै लाग्ने सामन्य खर्च समेत नभएकी आमाले आफ्नो छोरा बचाउन अन्तिम विकल्प सबैको सहयोग भएको भन्दै सहयोग गर्न इच्छुक ब्यक्तिहरुलाइ आफ्नो सम्पर्क नम्बर ,९८४०७८४३९५,९८४१८३५९५२ सम्पर्क गर्न अनुरोध गरेकी छिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।