मुख्य समाचार

दशै बिदामा पनि घोराही उपमहानगरपालिकाले सेवा दिने

By थाहा अनलाइन

September 27, 2017

सैघाली खबर

दाङ ,११ असोज। घोराही उपमहानरपालिकाको कार्यालयले दशै बिदामा पनि नागरिकलाई सेवा प्रदान गर्ने भएको छ । जिल्ला बाहिरबाट दशै मनाउँन घर फर्किएका सर्वसाधारणलाई लक्षित गरी सेवा दिन लागेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । उपमहानरपालिकाका १९ वटै वडाले कार्यालयहरुले सेवाग्राहीलाई सेवा दिन तयार भएको मेयर चौधरीले जानकारी दिनुभयो । सम्पूर्ण वडा अध्यक्षहरुसंग यस विषयमा छलफल भएको वताउँदै सबै वडा अध्यक्ष सेवा दिन सकारात्मक भएको वताउनुभयो । दशै बिदामा पनि जिल्ला प्रशासन कार्यालय खुल्ला रहेको वताउँदै प्रशासन नका लागि आबश्यक गर्ने सिफारिस देखि सम्पूर्ण सेवा काम हुने उहाँको भनाई । सेवाग्राहीले आबश्यकता परे सम्बन्धित वडा अध्यक्षलाई सम्पर्क गर्न समेत मेयर चौधरीले आग्रह गर्नुभयो ।