लैङ्गिक समानता , मानबाधिकारको क्षेत्रमा ५० बर्ष देखि आवज उठाउदै आएकी दक्षिण एसियाकी महिला नेत्री कमला भासिन भन्छिन् । दलित समुदाय एक ईमानदार , सीप , कलाले भरिपुर्ण समुदाय हो ।
जात कै आधारमा हुने विभेद भारत र नेपालमा अझै कायम नै रहेको छ र यसलाई अन्त्य गर्न दलित समुदाय आफैंहरु लाग्नु पर्ने बताएकी छिन । सैघाली खबरसंगको कुराकानीमा उनले भनेकी छन् जसले तिमीलाई सफा राख्छ ,जसले शौचालय सफा गर्छ, अपबित्र उ कसरी हुन्छ ? अपबित्र तिमी भयौ अलिकति पनि लाज मान्नु पबित्र तिमिलाइ उसले बनाइदिन्छ सुद्र दलितको हातबाट खादैनौ आज मरेका जनावर दलित उठाइदिने पर्ने?आज यहाँका दलितले बहिस्कार गरोस् त हामीले यो काम गर्दैनौ भनेर दुई दिनमा ठिक हुन्छन् ।
यस्ता अन्धबिस्वासलाइ परिवारले हटाएनन् भने सबिधानमा लेखेर हुदैन । यी चिजको बदल्नु पर्छ हरेक बर्ष तिजमा इन्डियाबाट करोडौंको चुरा आउछ , इन्डियालाई करोडौंको चुरामा पैसा दिनु भन्दा आफैंले खानु गरिबी कम गर्नु । अहिले पनि इन्डिया र नेपालमा महिनावारि हुदा महिलाको भुइमा सुत्न पर्छ पति आरामले पलङमा सुत्छ्न । यदि महिनावारी अपबित्र हुन्छ भने दुनियाँको हरेक पुरुष अपबित्र हो।
कोहि पनि मानिस महिलाको महिनावारी बिना जन्मन सक्दैन् यदि महिला अपबित्र हो भने हामीलाई अपबित्र भन्ने पण्डित पहिला अपबित्र हो होइन भने अरु चिज संग जन्मेर आउन पर्यो तर हामी पनि मानेकै छौ किन कि हामी भित्र नै यस्ता कुरा गडेको छ। ठुला ठुला कुरा गरेर मात्र हुदैन हामीले धर्मका बारेमा छलफल गरिदैन , आफ्नै घरको सस्कृती बदलिदैन तब सबिधानमा लेखेर हुँदैन । हिन्दू धर्मले ब्राह्मण र शुद्रमा फरक बताउछ सुद्रलाइ अछुत अपबित्र बनाउछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।