मुख्य समाचार

चिकित्सा शिक्षा आयोगले कसैको दबाबमा काम गर्नु हुदैनः प्रधानमन्त्री

By Thah Online

September 19, 2019

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छ । आयोगको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

आयोगका अध्यक्ष समेत रहेका ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताए । “यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुदैन ।” प्रधानमन्त्री ओलीले भने, “यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकता अनुसार काम गर्नुपर्दछ ।”

ओलीले नेपालमा ७० प्रतिशत प्राविधिकधारको शिक्षा हुनुपर्ने बताए । “हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवनपयोगी बनाउनु पर्दछ ।” प्रधानमन्त्री ओलीले भने, “विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन । तर अब त्यस्तो हुदैन ।”