अनलाईन मिडियालाई विश्वस्निय बनाउन आग्रह




सैघाली खबर

दाङ ११ असोज ।अनलाईन मिडियालाई विश्वस्निय बनाउनु पर्ने घोराहीमा आयोजित कार्यक्रममा बोल्ने वत्ताहरुले जोड दिएका छन् । दाङ खबरले घोराहीमा आयोजना गरेको दशैमिलन तथा दाङमा अनलाईन मिडियाहरुको अबस्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले यस्तो जोड दिएका हुन । अनलाईन मिडियाको पछिल्लो चरण तिव्र विकास भएपनि त्यसको विश्वस्नियतामा कमी आएको वताउदै आफ्ना मिडियाहरुलाई परिमार्जित गर्दै लैजानु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले समाज परिर्वतनका लागि मिडियाको ठुलो भुमिका खेलेको वताउँदै पत्रकारले कसैलाई सानो कसैलाई ठुलो दर्जाको रुपमा हेर्न नहुने वताउनुभयो । पत्रकार व्यक्तिका पछाडि लागे मिडिया हाउस नै धरासाहि हुने भन्दै पत्रकारले सर्वसाधारण नागरिकका आवाजलाई स्वतन्त्र पूर्वक उठाउनु पर्ने वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पोख्रेलले राज्यले अनलाईन मिडियालाई आम संचारको माध्यमको रुपमा हेर्नुपर्ने भन्दै त्यसका लागि पत्रकार महासंघ लागि परेको उल्लेख गर्नुभयो ।

राज्य बाट प्रदान गरिने हरेक सेवा शुल्क अनलाईन मिडियालाई पनि प्रदान गर्न तर्फ आफुहरु लागेको र यस विषयमा संञ्चार मन्त्रालय समेत सकारात्मक देखिएको उल्लेख गर्नुभयो । त्यस अबसरमा प्रमुख अतिथी पोख्रेलले हरेक संचार माध्यममा कार्यरत पत्रकारहरु न्युनतम पारिश्रमिक र नियुक्त पत्र अनिवार्य ल्याएर मात्र काम गर्न आग्रह गर्नुभयो । कार्यक्रमम पत्रकार महासंघका केन्द्रिय सचिव उदय जि.एम, दाङ शाखा अध्यक्ष सविन प्रियासन, सल्लाहकार सदीप गौतम, प्रेस सेन्टर ५ नं. प्रदेशका सचिव गणेश ओली,पत्रकार महासंघ कोषाध्यक्ष आर के सित्तल, सदस्य जनक नेपाली, केशरमान बुढाथोकी, खबर टोकरीका सम्पादक आजत खड्का, ई मर्निङपोष्टका नरेश थापा, लगाएतले वोल्नु भएको थियो । कार्यक्रम दाङ खबरका सम्पादक टिका बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक नविन अभिलासीले गर्नु भएको थियो भने धन्यावाद ज्ञापन अतिथी सम्पादक अजय शर्माले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्