कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने क्लिनिक संचालक पक्राउ



कैलाली । कैलालीमा लागु औषध तथा प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक स्वास्थ्य क्लिनिक संचालक पक्राउ परेका छन् ।

जिल्लाको लम्की(चुहा नगरपालीका वडा नम्बर ४ बलियामा लक्ष्मी स्वास्थ्य क्लिनिक संचालन गर्दै आएका ३२ वर्षका मेसककुमार चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

क्लिनिकमा लागु औषध तथा प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले क्लिनिक संचालक चौधरीलाई पक्राउ गरेको हो ।

स्वास्थ्य क्लिनिकमा लागु औषध तथा प्रतिबन्धित औषधी फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

क्लिनिकबाट बरामद गरिएका प्रतिबन्धित औषधिः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्