राप्तीका ८ वटा हलमा एकैसाथ छक्का पञ्जा २ प्रदर्शन दर्शकले सिट नपाउदा भुईमै बसेर सिनेमा हेर्दै



 

सैघाली खबर
दाङ, १३ असोज । दाङ सहित देशभर गत फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा तीन दिनको कारोबार नै आक्रामक रहेको छ । सिनेमा प्रर्दशन आएको तेश्रो दिन दाङ सहित राप्तीका ८ वटैहल हल दर्शकहरुले भरिको हल सञ्चालकहरुले वताएका छन् । दाङको घोराही स्थित स्वर्गद्धारी हल गणेश चित्रालय,निमाहल, तुलसिपुरको ओम शान्ति सिनेमाहल ,लगाएतका राप्तीका ८ हलहरुमा छक्का पञ्जा २ एकै पटक प्रदर्शनमा आएको छ । सबै हलमा दर्शकले सिट नपाउँदा भुईमा बसेर हेर्ने बाध्य भएको दर्शकले वताएका छन् । घोराही स्थित स्वर्गद्धारी र गणेश चित्रालयलमा १२ देखि ३ बजेको पहिलो शो मा ८ सय जना दर्शकले सिनेमा हेरेको हलमा म्यानेजर चेतन कोईरालाले जानकारी दिनुभयो ।

 

देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको छक्का पञ्जा २ ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने सिनेमाको रेकर्ड पनि आफ्नो नाम गरिसकेको छ ।सिनेमाले बुधबार मोफसलमा रात्री शोहरु बाहेक ५७ लाख रुपैयाँको कारोबार गरेको छ निर्माता तथा कलाकार दिपक राज गिरीले जानकारी दिनुभयो । बुधबार र बिहीबार दुवै दिन काठमाडौं उपत्यका र मोफसलमा सय प्रतिशत अकुपेन्सी रहेको गिरीको भनाई छ। अनुसार सिनेमाको कारोबारमा दसैँको टीकाको दिन बाहेक अघिपछि असर पर्ने सम्भावना कम छ । टीकाको दिनमा भने मध्यान्ह १२ बजे टीकाको साईत परेकाले १२ बजेको शोमा दर्शकहरुको कमी हुने सम्भावना देखिएको छ । अन्यथा टीकाको भोलिपल््टसम्म दर्शकहरुको उपस्थिति बुधबार र बिहीबारको जस्तै रहने पक्का भएको छ ।यतिबेला सिनेमाका राजधानीका हलहलमा पुगेर प्रत्यक्ष रुपमा दर्शकलाई भेटेर सिनेमाको बारेमा प्रतिकृया बटुल्ने र दर्शकसँग खुशी साट्ने काम गरिरहेका छन । मिडियासँगको कुराकानीमा निर्देशक दीपाश्री निरौलाले दर्शकहरुले अहिले भने तिमीहरुले सिनेमा बनाएका छौ ।

 

https://youtu.be/NXZ0hQLm38Qभिडियो सहित
दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ गएको वर्षको रेकर्ड ब्रेकर सिनेमा छक्का पञ्जाको सिक्वेल हो । छक्का पञ्जाले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने र मल्टिप्लेक्समा सय दिन मनाउने सिनेमाको रेकर्ड राखेको छ ।छक्का पञ्जा २ मा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, शारदा गिरी काली बुढी प्रियंका कार्की वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्