साहित्य/कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश पाँचको अध्यक्षमा रुपन्देहीका पाण्डे चयन

By Saru Sunar

September 20, 2019

 

प्रेम विवश घर्ती ,दाङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नम्बर पाँचको प्रथम अधिवेशन बाट डिल्ली नारायण पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत रुपमा चयन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नम्बर पाँचका निर्वाचन समिती संयोजक चन्द्र शर्मा,सह संयोजक सुवास के. सी , प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनी लगायतका कलाकारहरुको उपस्थितिमा शनिवार तिलोत्तमा ४ रुपन्देहीमा भव्यरुपमा सम्पन्न भएको छ । उक्त अधिवेशनले सर्बसहमतिमा समितीको चयन गरेको हो ।

समितिमा बरिष्ठ उपाध्यक्षमा नारायण थापा , प्रथम उपाध्यक्ष दिपु मगर ,द्वितिय उपाध्यक्ष नारायण वि. पी परियार , महिला उपाध्यक्ष मन्जु शर्मा ,सचिवमा टीकाराम लुइटेल ,महिला सचिवमा देवकला बस्नेत ,कोषाध्यक्षमा प्रेम शर्मा ,सह सचिवमा दामोदर बस्याल र यमराज पोख्रेल र सह कोषाध्यक्षमा पुरुषोत्तम गैरै लगायत २० जना सदस्यहरु चयन भएका छन् ।