काठमाडौं । नेपालको पहिलो रेस्लर महिला भगवती खड्का ‘युनिका’ लाई सुप्रवल जनसेवा श्री प्रदान गरिने भएको छ ।
पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रेस्लर खड्का विभुषित हुने भएकी हुन् ।
सरकारले पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा मानपदवी र पदकद्वारा विभुषित गर्ने घोषणा गरेका ६ सय ३४ व्यक्तिको शुक्रबार नाम सार्वजनिक गरेको थियो ।
नेपाल सरकारले राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवा श्री मानपदवी प्रदान गर्दै आएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।