सीडका उपाध्यक्ष बन्दना राणालाई जनसेवा श्रीबाट विभुषित गरिने



ललितपुर । संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी कमिटी (सीड) का उपाध्यक्ष बन्दना राणालाई जनसेवा श्रीबाट विभुषित गरिने भएको छ ।

पत्रकार महिलाहरुको छाता संस्था संचारिका समूहका पहिलो निर्वाचित अध्यक्ष राणालाई पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राणालाई विभुषित गरिने भएको हो ।

सरकारले पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा मानपदवी र पदकद्वारा विभुषित गर्ने घोषणा गरेका ६ सय ३४ व्यक्तिको शुक्रबार सूची सार्वजनिक गरेको थियो ।

नेपाल सरकारले राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवा श्री मानपदवी प्रदान गर्दै आएको छ ।

लामो समयदेखि नेपाली महिलाका मुद्दालाई मूल प्रवाहीकरण गर्न क्रियाशील राणा संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।

राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा चुनिएकी थिइन् । उनी समितिमा रहेर रणनीतिक निर्देशकका रुपमा पनि कार्यरत छिन् ।

संयुक्त राष्ट्रसंघको सीड कमिटी सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्