स्वास्थ्य

निशुल्क स्वास्थ्य शिविर

By थाहा अनलाइन

May 27, 2017

जेष्ठ १३ ,दाङ । महिलाहरुको प्रजनन स्वास्थ्य सम्वन्धी शनिवार घोराहीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । घोराही उप–महानगरपालिका १४ स्तरिय वडा नागरिक मञ्च र घोराही उप–महानगरपालिका दाङको आयोजना मा एक दिने निशुल्क पाठेघर मुखको क्यान्सर चेकजाँच सम्वन्धी एक

दिने निशुल्क शिविर सुरु भएको हो ।

 

वडा १४ का महिलाहरु लाई पाठेघर सम्वन्धी समस्या पाईएकाले महिलाहरुको स्वास्थ्इ समस्या समाधान गनर्एै उद्देश्यले शिविर सुरु गरिएको घोराही उप–महानगरपालिकाले जनाएकोछ । घोराही उप–महानगरपालिकाका सुचना अधिकार प्रेम केसीले १४ न. वडाका करिव २ सय महिलाहरुले स्वास्थ्य सेवा लिने पाउने समेत वताए । निशुल्क चेकजाँच र औषधी वितरण सेवा सुरु भएको घोराही उप–महानगरपालिका कार्यालय दाङले जनाएको छ ।