एमाले, माओवादी र नयाँ शक्तिबीच ६ बुँदे सहमति, पार्टी एकता गर्ने घोषणा



काठमाण्डौ १७ असोज । एमाले र माओवादी केन्द्रबीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा जारी छ ।चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् ।एमाले र माओवादीबीच तत्कालको लागि चुनावी तालमेल गर्ने र भविष्यमा पार्टी एकीकरण गर्ने सहमति जुटेको बताइएको छ । दुई ठूला पार्टीको गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल पनि सहभागी हुँदैछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्