नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थपिदै



काठमाडौं । नेपाल प्रहरीमा एसएसपीदेखि जवानसम्म्म जागिर खुल्ने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको हो ।

३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २ उपरीक्षक (एसपी) सहित ३ हजार ५ सय ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी संगठन तथा व्यवस्थान सर्वेक्षण ९ओएनएम० नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरेका छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्