वैदेशिक रोजगार व्यवसायी संघमा कसको पल्ला भारी? नेकपा की कांग्रेस ?



नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न चुनावलाई लिएर प्रगतिशील समुह र लोकतान्त्रिक समूहबीच आरोप प्रत्यारोपको शृङ्खला सुरु भइसकेको छ ।

आउँदो मंगलबार हुँदै गरेको संघको चुनावमा लोकतान्त्रिक र प्रगतिशील समूहले उमेदवारी दिएका छन् । सहमतिको नेतृत्वको सम्भावना टरेपछि शनिवार लोकतान्त्रिक समूहबाट विष्णुप्रसाद गैरेको अध्यक्षतामा र प्रगतिशील समूहको तर्फबाट सरोज पोखरेलको नेतृत्वमा दुइवटा प्यानलले उमेदवारी दर्ता गराएका छन् ।

शनिवार दुवै प्रतिस्पर्धीहरुले पहिलो अन्तरवार्ता सैघाली अनलाइन टेलिभिजनलाई दिँदै आआफ्नो जितको दाबीसमेत गरे ।

हालै पार्टी एकता सम्पन्न गरिसकेको नेकपा निकटका प्रगतिशील समूहले व्यवसायिहरुको एकता प्रक्रिया सकिनसकेको भएपनि जीत आफ्नै हुनेमा बढी आशावादी रहेको देखिन्छ । पहिलेका चुनावहरूमा एक्लाएक्लै पनि टक्कर दिँदै आएको शक्तिले वामपन्थी ध्रुवीकरणको माध्यमबाट कांग्रेस समर्थक प्यानललाई हारको स्वाद चखाउन उद्यत रहेको देखिन्छ । अध्यक्ष पदका उम्मेदवार पोखरेलले आफूहरुको गठबन्धनमा नेकपा मात्र नभई समाजवादी लगायतका समूहको सहभागिता रहेकाले जीत सुनिश्चित रहेको बताए । माओवादी समूहलाई समेट्न नसकेको आरोप छ नि भन्ने प्रश्नमा उनले त्यो हल्ला मात्र भएको र आफुहरु एकढिक्का भएर अगाडि आएको दावी गरे ।

उता पटक पटक तनावमा रहेर आफ्नै पार्टी पङ्क्तिमा पनि एकढिक्का हुन नसक्ने आरोप लाग्ने गरेको लोकतान्त्रिक प्यानल भने यसपाली एकढिक्का भएर आएको छ । विगतको तुलनामा यसपाली अलिक कठिन देखिएपनि जीत आफ्नो हुने अध्यक्ष पदका उम्मेदवार गैरे बताउँछन् । हामीसँग राम्रो संगठन छ र मेरो कार्यकालमा भएका राम्रो कामको कारणपनि मेरो जीत सुनिश्चित छ, उनले सैंघाली अनलाइन टेलिभिजनलाई बताए । वर्तमान सरकारसँग वार्ता गरी ब्यवसायीको हितमा काम गर्ने उनले बताए । बाँकी यो लिंकमा हेर्नुहोस्

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्